+
+
Shares

रिटर्नी फेडेरेसनले सत्तारुढ एमालेलाई बुझायो नीति तथा कार्यक्रममा सुझाव

योजना धरौटी राखेर रिटर्नीलाई १० लाखसम्म कर्जा दिने व्यवस्था गर्न माग गरिएको छ । रिटर्नीलाई उद्यमसँग जोड्ने गरी विशेष कार्यक्रम ल्याउन समेत भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १९:३२

२६ वैशाख, काठमाडौं । रिटर्नी फेडेरेसनले सत्तारुढ दल एमालेलाई नीति तथा कार्यक्रममा रिटर्नीका मुद्दा छुटेको भन्दै सुझाव पेस गरेको छ ।

एमाले सचेतक महेश बर्तौलालाई भेट्दै फेडेरेसनले सुझाव बुझाएको छ । योजना धरौटी राखेर रिटर्नीलाई १० लाखसम्म कर्जा दिने व्यवस्था गर्न माग गरिएको छ । रिटर्नीलाई उद्यमसँग जोड्ने गरी विशेष कार्यक्रम ल्याउन समेत भनिएको छ ।

जसमा स्टार्टअप कर्जामा रिटर्नीलाई प्राथमिकता दिन भनिएको छ । रिटर्नी उद्यमीले विदेशमा सिकेको सिप प्रयोग गरी स्थापना गर्ने व्यवसायलाई मेसिन आयात गर्दा छुट दिनसमेत माग गरिएको छ ।

सरकारले सञ्चालन गर्ने परियोजनामा अनुभवी रिटर्नीलाई लक्षित कामदारका रूपमा रोजगारी दिन भनिएको छ । रिटर्नी उद्यमी–व्यवसायीलाई कानुनी सहजीकरण र कर छुटको माग गरिएको छ ।

विदेशमा रहेका ५० लाख युवालाई स्वदेश फर्कने वातावरण बनाउन समेत माग गरिएको छ । रिटर्नीको छुट्टै तथ्यांक राख्न डेस्क स्थापनाको समेत माग फेडेरेसनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?