Comments Add Comment

कार्गोमा कर्मचारी फसेपछि आकस्मिक अवतरण

Alaska-airlines

अलास्का एयरलाइन्सको एक विमान सिएटलमा आकस्मिक अवतरण गरिएको छ । एक कर्मचारी कार्गो एरियामा फसेपछि विमानको आकस्मिक अतवरण गरिएको हो ।

अलास्का एयरलाइन्सका अनुसार ११७ यात्रु लिएर लस एन्जलसका लागि उडेको विमानमा पटक पटटक ढकढक्याएको आवाज पाइलटले सुनेका थिए ।

त्यसबेला विमान उडेको १४ मिनेट भइसकेको थियो । तर, पाइलटले विमानलाई फर्काएर अवतरण गरे । तत्काल कार्गो सेक्सन खोल्दा एक कर्मचारी भेटिए ।

उनका अनुसार उनी त्यही सुतेका गिए । उनलाई तत्काल अस्वताल लगिएको छ । लागू औषध परीक्षणमा उनी पास भएपछि डिस्चार्ज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment