Comments Add Comment

कोरियाको सउल पुग्यो ‘कोहिनूर’  

kohinoorसउल । नेपाली कथानक चलचित्र कोहिनूर दक्षिणकोरियाको राजधानी सउलमा प्रर्दशन गरिने भएको छ ।

कोरियामा आपदबिपदमा परेका नेपालीहरूलाई बास दिदै आएको पाथिभरा हाउसको सहयोगार्थ र आपतकालिन राहात कोषको लागि उक्त चलचित्र झापामिलन समाज कोरियाले आगमी अप्रिल १९ तारिख आइतबार राजधानी सउलस्थित जोङ्गाक स्टेसन नजिकै रहेको जोगेसा हलमा प्रर्दशन गर्न लागिएको हो ।

नयाँ वर्ष २०७२ नयाँ वर्षसँगै चर्चित नायक स्वर्गीय श्रीकृष्ण श्रेष्ठको सम्झनामा उक्त चलचित्र कोरियामा देखाउन लागिएको समाजका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

श्रीकृष्ण श्रेष्ठको अन्तिम इतिहास बोकेको उक्त चलचित्र हेरी पाथिभरा हास सञ्चालनमा सहयोग गरिदिन कोरियामा रहेका सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधि पत्रकार, साहित्यकार, बुद्धिजीवी, विद्यार्थी , श्रमिक लगायतलाई झापामिलन समाज कोरियाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment