Comments Add Comment

क्यालिफोर्निया च्याप्टरको चुनावी सारगर्मी

अमेरिका । जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टर अहिले चुनावी माहोलले गर्मिएको छ । पूर्ण शेर्पा र प्रतिक पाण्डेको प्यानल आ-आफ्नो तवरले चुनाव जित्नका लागि दौडधुपमा छन् ।

यसअघि सदस्य संख्या ४०२ रहेको अवस्थामा हाल बढेर २०३१ सदस्य पुगेको अधिवेशन तयारी समितिका संयोजक चन्द्र धितालले जानकारी दिए ।

purna sherpa teamनेपाली जनसम्पर्क समिति अमेरिका, नर्दन क्यालिफोर्नियाको सभापति पदमा उम्मेदवारी दिएका पूर्ण शेर्पा उत्तर क्यालिफोर्निया नेपाली समाजमा अत्यन्त लोकप्रिय र सम्मानित छन् ।

त्यस्तै, एनएजीसी, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण लगायत बिभिन्न संघ संस्थामा आवद्ध रही लामो समयदेखि नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरमा कार्य समिति सदस्यको रुपमा सक्रिय प्रतिक पाण्डे पनि नेपाली समुदायमा चिनिएका व्यक्ति हुन् ।

पूर्णको पक्षमा डेबिस स्याक्रेमेन्टोबाट तारा बराल तथा मार्टिनेजबाट लक्ष्मी केसी कार्की उपाध्यक्ष पदमा, सान फ्रान्सिस्कोबाट हरी भट्ट सचिवमा, युकाहबाट तेज प्रशाद (बिनोद) पौडेल सह-सचिवमा तथा सानफ्रान्सिस्कोबाट गोमा लिम्बुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सदस्य पदका लागि दिपक प्रधान, सुनिल पौडेल, नबिन बुढाथोकी, सुनिता धिताल, गोपाल वस्नेत, शिल्पा शाक्य, पुष्पराज राना, राम कुँवर (सन्दिप), ध्रुव दाहाल, कमल भट्टराई, पुष्पराज गौतम र सनी लामाले उम्मेदवारी दिएका छन् ।

यही अप्रिल १९ तारिख आईतवारका दिन सानफ्रान्सिस्कोको ओम मण्डलामा बिहान ८ बजेबाट शुरू हुन लागेको जनसंपर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरको पाँचौ अधिबेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरका वर्तमान सभापति चन्द्र धितालले यो अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जानकारी दिए ।

धितालका अनुसार अधिवेशन उद्घाटन कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सभापति आनन्द बिष्ट, केन्द्रिय समितिका उपसभापतिहरू धर्मराज श्रेष्ठ, सिपी पौडेल, महासचिव मुनेन्द्र नेम्वाङ, कोषाध्यक्ष बिजय थुलुङ, निवर्तमान महाधिवेसन संयोजक बिष्णु सुवेदीसहित अन्य केन्द्रिय पदाधिकारीहरू आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment