Comments Add Comment

उत्साहित छन् छोरीछोरीसँग बढ्दै गरेका आमा विद्यार्थीहरु

५ वैशाख, बागलुङ । चार दशक उमेरमा कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थालेकी बाग्लुङ भीमापोखरा ९ की सावित्रा शर्मा ०७० सालको वाषिर्क परीक्षाको नतिजासँगै कक्षा ३ मा उत्तीर्ण भएकी छन् ।

शर्मा मात्र होइन, २०६९ सालमा कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थालेका शिवालय निमावि भीमापोखराका स्थानीय २० जना आमा विद्यार्थीले आफ्नो अध्ययनको सिलसिलालाई अगाडि बढाइरहेका छन् । दुई वर्षअघि कक्षा १ मा भर्ना भएका अधिकांश आमा विद्यार्थी कक्षा ३ मा उत्तीर्ण भएका प्रधानाध्यापक विद्यापति शर्माले जानकारी दिए, राजधानी दैनिकमा खबर छ ।

आमा विद्यार्थी कक्षा चढ्दै जाँदा अध्ययनप्रति उत्साही बन्नुका साथै आमा कक्षा प्रभावकारी बन्दै गएको छ । ‘मोबाइलसमेत चलाउन नसक्दाको पीडाले विद्यालय भर्ना भएका थियौं, आमा विद्यार्थी धनकुमारी विकले भनिन्, ‘पढ्दै जाँदा नेपाली, अंग्रेजी र गणितको सामान्य समस्या हल गर्न सक्ने भएका छौं ।’ सोही कक्षामा अध्ययनरत ५ जना आमा विद्यार्थीले २०७१ सालको कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment