Comments Add Comment

लिभिङस्टोनले बनाए तेहेरो शतक

Liam-Livingstone

७ वैशाख, काठमाडौं । अलराउण्डर लियम लिभिङस्टोनले बेलायतको घरेलु क्रिकेटमा तेहेरो शतक बनाएका छन् । यो विश्वको घरेलु क्रिकेटको इतिहासमा अहिलेसम्मकै सर्वाधिक रनको भएको विश्वास गरिएको छ ।

२१ बर्षीय अलराउन्डर लिभिङस्टोनले इंग्ल्याण्डको नेशनल क्लब च्याम्पियन्सिप एकदिवसीय घरेलु क्रिकेटमा एक्लैले ३५० रन बनाएका छन् ।

कल्डीबिरुद्धको खेलमा नान्टविच टाउनका लिभिङस्टोनले केबल १३७ बलमै ३४ चौका र २७ छक्का प्रहार गर्दै अविश्वसनीय ३५० रनको इनिङ खेले ।

लिभिङस्टोनले भारतीय निखिलेश सुरेन्द्रनले २००८ मा बनाएको अविजित ३३४ रनको रेकर्ड ब्रेक गरेको छन् । लिभिङस्टोन ब्याटिङ गर्न मैदानमा प्रवेश गर्दा नै आक्रामक देखिन्थे । उनले ४७ बलमै १०० रन पुरा गरे । 

४७ बल खेल्दा १० चौका र ९ छक्का प्रहार गरिसकेका उनले १०० रन मध्ये ९४ रन केबल बाउन्ड्रीबाटै बनाएका थिए । उनको टीम नान्टविच टाउनले निर्धारित ४५ ओभरमा ७ विकेटको क्षतिमा ५७९ रन बनायो ।

जवाफमा कल्डी मात्र ७९ रनमा समेटियो र नान्टविच टाउनले खेल असाधारण ५०० रनले जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment