Comments Add Comment

हाउजिङ तथा अपार्टमेन्टमा देखियो ग्राहकको आकर्षण

Home
८ वैशाख, काठमाडौं । राजधानीमा व्यवस्थित हाउजिङ तथा अपार्टमेन्टमा ग्राहकको आकर्षण देखिएको छ । मंगलबार सार्वजनिक गरिएको रियल स्टेट सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

राजधानीमा निजी क्षेत्रबाट निर्माण भएका ८ हजार ६०९ हाउजिङ तथा अपार्टमेन्टमध्ये ७ हजार २७४ इकाई बिक्री भइसकेका छन् । यसबाट हाउजिङ तथा अपार्टमेन्ट व्यवसायको भविष्य उज्वल रहेको संकेत मिलेको डेभलपरहरुको भनाई छ ।

‘काठमाडौं भ्याली रियल स्टेट मार्केट-२०१५’ सार्वजनिक गर्दै थाइ रियल स्टेट बिजनेश स्कुलका निर्देशक डा. सोपोन पोर्नचोक्चाइले हालसम्म निर्माण भएका हाउजिङ तथा अपार्टमेन्टमध्ये जम्मा १३ सय ३५ इकाईमात्र बिक्री हुन बाँकी रहेको बताए ।

सोपोनले गत अपि्रल १५ देखि १९ सम्म हाउजिङ परियोजनाहरुमा स्थलगत उपस्थिती जनाउँदै प्रतिवेदन तयार पारेका हुन् । जसमा राजधानीका ६६ रियल स्टेट व्यवसायीक प्रतिष्ठान तथा परियोजनालाई स्याम्पलिङमा समेटिएको थियो ।

पाँच महिनापछि हाहाकार

अध्ययन प्रतिवेदनले राजधानी केन्दि्रत व्यवस्थित आवासको व्यवसाय तथा कारोबार सकरात्मक दिशामा अगाडि बढिरहेको देखाएको छ । सन् २०१४ र २०१५ का पछिल्ला महिनाहरुको कारोबार प्रगतिका आधारमा यस्तो देखिएको हो ।

गतवर्ष बिक्रीका लागि ३ सय २६ इकाई आवास तयार भएकोमा ८ सय १९ इकाई आवास बिक्री भएका छन् । ‘यसले २०१४ अघिका वर्षहरुको स्टक युनिटहरु पनि गतवर्ष विक्री भएको बुझाउँछ,’ अध्ययनकर्ता डा. सोपोनले भने ।

प्रतिवेदन अनुसार हाउजिङ तथा अपार्टमेन्ट निर्माण भएपछि बिक्री भइहाल्ने देखिएको छ । बजारमा नयाँ डेभलपर नथपिएमा अबको पाँच महिनाभित्रमा राजधानीमा हाउजिङ तथा अपार्टमेन्टको हाहाकार हुने व्यवसायीहरुले बताए ।

Real-State-Survey-2015

राजधानीमा बिक्रीका लागि अब निकै कममात्रामा हाउजिङ तथा अपार्टमेन्ट रहेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले बताए । प्रतिवेदनमा देखिएको तथ्यांक रियल स्टेट डेभलपर्स, लगानीकर्ता (बैंक), सरकार, उपभोक्ता लगायतलाई पथप्रदर्शक हुने उनको ठहर छ ।

५० लाख करोडसम्मका घरमा आकर्षण

प्रतिवेदनमा ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मका हाउजिङ तथा अपार्टमेन्टमा ग्राहकको आकर्षण देखिएको उल्लेख छ । यो मूल्यका ३ हजार ७ सय ५३ इकाईमध्ये ३ हजार ९५ इकाई बिक्री भइसकेका छन् ।

यसले हाउजिङ व्यवसायीका साथै समग्र रियल इस्टेट क्षेत्रमा उत्साह थप्ने काम गरेको बृहत ग्ू्रपका कार्यकारी अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ सहरी विकास मञ्चका सभापति ओम राजभण्डारीको भनाई छ ।

४ प्रतिशत प्रतिफल

हाउजिङ तथा अपार्टमेन्टमा गरिएको लगानीबाट औषतमा ४ प्रतिशत प्रतिफल प्राप्त हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । विगतका तुलनामा यो प्रतिफल उच्च रहेको व्यवसायीहरुको भनाई छ ।

कतिपय स्थानमा निर्माण गरिएका हाउजिङ तथा अपार्टमेन्टबाट ५.५ प्रतिशत प्रतिफल प्राप्त भएपनि कतिपय ठाउँबाट २.४ प्रतिशत प्रतिफल प्राप्त भएको छ ।

रियल इस्टेट कारोबारमा देखिएका सकारात्मक पक्षहरुलाई ध्यानमा राख्दै बैंकहरुले पनि अब पूरा हुन नसकेका परियोजनाहरुमा फाइनान्सिङ गर्नुपर्ने नेपाल बैंकर्स संघका अध्यक्षउपेन्द्र पौडेलले बताए ।

Housing

थाइल्याण्डका मोटिभेटर तथा लाइफस्टाइल फिलोसोफर पउलपोर्नथेप श्री नरुलाले रियल इस्टेट र हस्पिटालिटी अन्तरसम्बन्धित रहेकाले नेपाललाई होलिडे तथाइको टुरिजम डेस्टिनेशनका रुपमा प्रवर्द्धन गर्नुपर्ने बताए ।

‘शहरीकरण आर्थिक वृद्धिको इन्जिन हो जसको रियल इस्टेटसँग प्रत्यक्ष सम्बन्ध हुन्छ र रियल इस्टेटको बृद्धि र अवस्थाले समग्र अर्थतन्त्रलाई प्रतिबिम्बित गर्छ,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोख्रेलले भने ।

ज्ञान हस्तान्तरणको मान्यतामा विश्वास राख्दै आएको प्रतिष्ठित रियल इस्टेट कम्पनी बृहत इन्भेष्टमेन्टले आफैंले सम्पूर्ण लागत ब्यहोरेर यो अध्ययन गराएको हो ।

बृहतले दोस्रो पटक गराएको यस अध्ययन प्रतिवेदनको विक्रीबाट संकलन भएको रकम सामाजिक संस्था नेपाल एम्बुलेन्स सर्भिसलाई हस्तान्तरण गर्ने राजभण्डारीले जानकारी दिएका छन् ।

यसअघि सन् २०१२ मा पनि बृहतले आफ्नै पहलमा रियल इस्टेटको बजार अवस्थाबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment