१७ वैशाख, काठमाडौं । प्रभु समूहले भुकम्प पिडीतका लागि १ करोड १ लाख सहयोग प्रदान गर्ने घोषणा गरेको छ । भूकम्प पीडितहरुका लागि प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साे परिमाणको रकम जम्मा गर्ने जनाएको छ ।
प्रभू समूहको अध्यक्ष देवीप्रकाश भट्टचन छन ।उनकै सक्रियतामा प्रभु समूह अन्तर्गतका विभिन्न कम्पनीहरुबाट यो सहयोगको घोषणा गरेको हो ।समूहले प्रभु मनि ट्रान्स्फरका विदेशस्थित शाखा तथा एजेण्ट मार्फत संसारभरबाट आएको रकममा सेवा शुल्क नलिई भुक्तानी गर्ने निर्णय गरेको छ ।समूहले विपत्को घडीमा सहयोगदाताहरुलाई प्रभु बैंकको खाता नं. ००१००१००६६७१३३०००००१ मा सहयोगको लागि आग्रहसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4