+
+

एनएमबि बैंकको एक करोड बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २३ गते १४:५३

२३ वैशाख, काठमाडौं । एनएमबि बैंकले भूकम्प पीडितका लागि एक करोड १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

NMB Bankबैंकले सो रकम भूकम्प पीडितहरुको स्थायी आश्रयका लागि न्यून लागतमा सुरक्षित घरहरुको निर्माणका लागि प्रदान गरिने जनाएको छ ।

सहायता कार्यक्रमअन्तर्गत चरणबद्ध रुपमा घर निर्माण, स्वरोजगार सृजना, बालबालिकाको शिक्षा तथा वातावरणीय सरसफाइमा पनि सहयोग गर्ने बैंकले जनाएको छ ।

बैंकले भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेर आपत्कालीन राहत सामग्री समेत वितरण गरेको छ । भूकम्पले राष्ट्रको धरोहरका रुपमा रहेका सम्पदामा पुर्‍याएको अपूरणीय क्षतिमा बैंक स्तब्ध भएको बताउँदै यी ऐतिहासिक सम्पदाहरुको पुनर्निमाण तथा संरक्षणको कामा यथाशिघ्र हुने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?