+

भारत-पाक क्रिकेट : सज्जनको खेललाई कसरी बनाइँदैछ अन्धराष्ट्रवादको व्यायामशाला ?

२०८० भदौ  १३ गते १७:०० २०८० भदौ १३ गते १७:००
भारत-पाक क्रिकेट : सज्जनको खेललाई कसरी बनाइँदैछ अन्धराष्ट्रवादको व्यायामशाला ?

एजेन्सी । भारतीय उपमहाद्वीपमा क्रिकेट भावनासँग मात्रै नभएर गहिरो राजनीति जेलिएको खेल पनि हो । विगतमा क्रिकेटलाई दुवै मुलुकले कूटनीतिका रुपमा प्रयोग गरेका थिए । विगतमा पाकिस्तानका नेताहरु समेत भारतीय रंगशालामा हुने खेल हेर्न आएका दृष्टान्तहरु छन् ।

वर्तमानमा भने यो परिदृश्य असंभवझैँ । सतहमा हेर्दा भारत र पाकिस्तानको क्रिकेट सम्बन्ध द्वपक्षीय लाग्छ तर गहिरिएर हेर्ने हो भने यो सम्बन्ध त्रिपक्षीय छ । क्रिकेटभित्र पसेको राजनीतिमा धर्म पनिसँगै जोडिएको छ ।

बेलायती उपनिवेशका क्रममा दुई व्यक्तित्वले क्रिकेटलाई आकार दिएका थिए । दुवै जनाले भारतका लागि खेलेका थिए । पहिलो थिए लाला अमरनाथ । टेस्टमा शतक हानेका उनी निकै विवादास्पद छविका थिए । सन् १९३६ मा बेलायतमा खेल्न गएका उनी टोली व्यवस्थापकसँगको विवादपछि घर फिरेका थिए ।

यस्तै पाकिस्तान बन्नुअघि भारतको तर्फबाट खेल्ने अर्का खेलाडी थिए अब्दुल हफिज कदर थिए । सन् १९४६ मा बेलायतमा अमरनाथ र अब्दुल एकै टिममा थिए । यी दुबै खेलाडी लाहोरका थिए ।

त्यखबखत भारतीय टेस्ट टोलीमा मुस्लिमहरुको राम्रै उपस्थिति थियो । प्राय सदस्य पन्जाबका थिए । टोलीमा रहेका सबै निम्न मध्यम वर्गीय परिवारका थिए । विभाजनका बखत पन्जाब र लाहोर पनि टुक्रियो । यसको असर खेलाडीहरुमा पनि पर्यो । मुस्लिम धर्तीमालम्बी तीव्र गतिका बलरहरुलाई धेरैनै असर पुगेको थियो ।

अब्दुल करदर पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नाका कट्टर समर्थक थिए । दुई राष्ट्रको सिद्धान्तको कट्टर समर्थक करदर भने मुस्लिमका लागि छुट्टै राज्य चाहिने कुरामा अडिग थिए ।

उनै करदरले पाकिस्तानी क्रिकेटको विकासमा लागि अहं भूमिका निर्वाह गरे । करदर पाकिस्तानका पहिलो कप्तान मात्रै भएनन् । उनी प्रशासक र राजनीतिज्ञ पनि भए ।

सन् १९५२ मा पहिलोपटक भारत र पाकिस्तानबीच टेस्ट शृंखला भयो । विगतमा सँगै खेलेका करदर र अमरनाथ यसपटक आ-आफ्ना मुलुकको नेतृत्व गर्दै प्रतिद्वन्दी बनेर मैदानमा उत्रिएका थिए ।

यो खेलले पहिलोका लागि दुई इतिहास रच्यो । टेस्ट शृंखलामा पाकिस्तानको यो पहिलो खेल थियो । यता भारतले २-१ ले खेल आफ्नो पक्षमा पारेर इतिहास रच्यो । विपक्षीविरुद्धको टेस्ट श्रृं‌खलामा कम्तितमा एक खेल जित्ने पाकिस्तानी प्रवृत्तिको सुरुवात यहीबाटनै भएको थियो ।

दुई वर्षपछि पाकिस्तान टेस्ट खेल्न पहिलोपटक क्रिकेटको जननी राष्ट्र बेलायत पुगेको थियो । त्यहाँ पनि उसले एक खेल जित्यो भने त्यस ऋंखला भने बेलायतले जितेको थियो । पहिलोपटक बेलायत पुगेर खेल्दा उसलाई पाकिस्तानले एक खेलमा हराएको थियो । भारतले भने सातौँ प्रयासमा टेस्ट श्रृंखलाको एक खेलमाब बेलातयलाई हराएको थियो ।

तीन वर्षपछि वेस्ट इन्डिजसँगको खेलमा पनि पाकिस्तानले यस श्रृंखलालाई कायमै राख्यो । यता भारतले वेस्ट इन्डिजलाई हराउनका निम्ति ६ वटा श्रृंखला कुर्नुपरेको थियो ।

सन् १९५२ मा पाकिस्तान र भारतबीच लखनउमा खेल भएको थियो । त्यस खेलमा आफ्नै टोलीका सदस्यले गरेको षड्यन्त्र चिर्न लाला अमरनाथले गरेको संघर्षबारे उनको आत्मवृतान्त लाला अमरनाथ लाईफ एण्ड टाइम्स : द मेकिङ अफ लिजेन्डमा समावेश छ ।

लखनउको खेलमा भारतले हार्नेमा लालामा कुनै सन्देह नरहेको त्यहाँ उल्लेख छ । आफ्नो पाहुनालाई घरेलु आवास दिलाउनका निम्ति भारतले लखनउ शहर रोजेको थियो लखनउ मुस्लिम संस्कृतिले सुसज्जित शहर हो ।

भारतले संभवत पाकिस्तानलाई घरेलु मैदानझैँ आवास गराउन लखनउ रोजेको थियो । लखनउ मुस्लिम संस्कृतिले सुसज्जित शहर भएकाले त्यहाँ खेल गरियो । पाकिस्तानी खेलाडीहरु ‘म्याटिङ विकेट’ पीचमा खेल्न माहिर थिए ।

लखनउको रंगशाला त्यस्तै थियो । पाकिस्तानका ओपनर बलर फजल मोहम्मदले धेरै भारतीय खेलाडीलाई पेभिलिएन फर्काए । त्यस खेलमा भारतका महत्वपूर्ण ब्याट्सम्यान बिजय हजारे र हेमु अधिकारी उपस्थित भएनन् ।

यता, अलराउण्डर भिनको मनाकडपनि खेलमा सामेल थिएनन् । दिल्लीमा भएको टेस्टमा जीत निकाल्नका लागि यी त्रयले महत्वपूर्ण भूमिका खेलेका थिए । आत्मवृतान्तमा भनिएको छ, ‘सबै खेलाडीहरुको प्रदर्शनले जीत हात पारेपनि मेरो विशेष चर्चा र प्रशंसा हुनेगर्थ्यो संभवत यही कारणले मलाई लखनउको खेलमा असहयोग गरियो ।’

भारतीय क्रिकेटमा यस्ता आन्तरिक राजनीतिक अझैपनि कहीँ न कहीँ प्रतिविम्बित भइरहन्छ । लखनउमा पाकिस्तानसँगको खेलमा स्तब्ध भएपछि दर्शकदीर्घा आक्रोशित भयो । खेलमा पराजय भीडले स्वीकार गरेन । आक्रोशित भीडले खेलाडीमाथि आक्रमण सुरु गरे । लाला लाठ्ठी लिएर आफ्ना खेलाडीको बचाउमा अग्रपंक्तिमा खडा भए ।

भारतले पाकिस्तानसँगको तेस्रो टेस्ट श्रृंखलामा आफ्नो गल्ती सकार्यो । मुम्बइमा भएको खेलमा भारतले टस जितेको थियो । भारतले पहिले ब्याटिङ गर्ने र पीचको फाइदा उठाउने दाउमा पाकिस्तान थियो ।

पाकिस्तानको आँकलन विपरीत भारतले बलिङ रोज्यो । लाला स्वयंमले राम्रो बलिङ गरे । करदरको टोलीलाई उनले स्तब्ध बनाए।

सन् १९५४-५५ को टेस्ट श्रृंखलाका लागि भारत पाकिस्तान पुग्यो । त्यो श्रृंखला निकै पट्ट्यार लाग्दो भयो । लाहोरको होटलमा अमरनाथ र करदरबीच हानाहान पनि भयो । यहीँबाट भारत र पाकिस्तानको क्रिकेटमा थप दुश्मनी झाँगियो ।

अमरनाथ लालाको आत्मवृतान्तमा यस झगडाको प्रसंग पनि समावेश छ । जसअनुसार, पट्ट्यार लाग्दो खेलका कारण दुबै पक्षमा निराशा थियो । बेलुका अमरनाथलाई भोजनका लागि बोलाईएको खबर करदरले थाहा पाएका थिए ।

त्यसपछि करदर होटलको लबीमा पुगेर अमरनाथलाई गालीगलौज गर्न थाले । उनले अमरनाथमाथि हातपातै गरेपछि करदरलाई पनि अमरनाथले प्रहार गरेका थिए । लबीमा झगडा गरेका अमरनाथ र करदर टेस्ट श्रृंखलाको अन्तिम खेलमा उनीहरुबीच सद्भावपूर्ण सम्बन्ध फेरि कायम भयो ।

दुवैजनाले सँगै चिया पिए । अम्पाएर इद्रिस बेगले दुईजनाबीच असमझदारी पैदा गर्न खोज्दा झगडा भएको थाहा भयो । त्यसपछि अन्तिम खेलमा अम्पायरनै परिवर्तन भएको थियो ।

सन् १९५४ पछिको राजनीतिक परिस्थितिले दुबै राष्ट्रको सम्बन्ध विग्रियो । पाकिस्तान अमेरिकासँग निकट भयो । भारत सोभियत युनियनतर्फ खुल्यो । सन् १९६० मा पाकिस्तान खेलका लागि भारत पुग्यो । त्यस श्रृंखलाका सबै खेल बराबरीमा टुंगियो ।

क्रिकेटमा दुईपक्षीय राजनीति मात्रै नभएर धर्म जोडिएकाले यो त्रिपक्षीय बन्न पुगेको हो । भारतीय मुस्लिम र पाकिस्तानसँग तिनीहरुको सम्बन्ध क्रिकेटमा घुसेको राजनीतिको अर्को पाटो हो ।

दुई मुलुकबीच पहिलो टेस्ट मुम्बइमा भएको थियो । त्यहाँ भीडमा कसैले चिच्याएको थियो-‘ कसैले आश्चर्य नमाने हुन्छकी मेइभाइ(मुस्लिमलाई होच्याएर प्रयोग गर्ने शब्द) हरुले पाकिस्तानलाईनै समर्थन गर्नेछन् । उनीहरुको समर्थन कसलाई रहनेछ भनेर सोध्नुनै आवश्यक हुनेछैन ।’

यो भनाइ पछि धेरै हिन्दुधर्मालम्बीलाई भारतीय मुस्लिमहरु पाकिस्तानको समर्थकरहेको भ्रम पैदा भयो । भारतको पक्षबाट खेल्ने उत्कृष्ट अब्बास अलि बेगलाई चोट पुर्‍याउनेगरी यस्तो अभिव्यक्ति गुञ्जयमान भयो ।

बेग ती व्यक्ति थिए जसले भारतीय राष्ट्रिय टोलीबाट सन् १९५९ मा बेलायतसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । भारतका उत्कृष्ट ब्याट्सम्यान विजय मन्जेरकेर घाइते भएका कारण बेगलाई समावेश गरिएको थियो ।

बेलायतका फ्रेडट्रुम्यानले भारतीय खेलाडीको हविगत बनाएका थिए । त्यसबखत बेग शतकतर्फ अग्रसर थिए । पहिलो टेस्टमै बेगले सतक मार्न सफल भए ।

तर पाकिस्तानसँगको खेलमा खराब प्रदर्शन गरेपछि उनको क्रिकेट यात्रा ओरालो लाग्यो । त्यही श्रृंखलामा खराब प्रदर्शन गर्ने हिन्दु खेलाडीको यात्रा कायमै रहँदा उनलाई चौतर्फी प्रहार हुन थालेको थियो ।

कतिपयले इस्लामको लागि उनले पाकिस्तानसँगको खेलमा खराब प्रदर्शन गरेको आरोप लगाए । इंगल्याण्डसँग सतक हान्ने अष्ट्रेलियासँगको प्रत्येक खेलमा ५० रन हान्ने बेगले पाकिस्तानसँगको १९५९-६० को उक्त श्रृंखलामा उनले १, १३, १९ र एक गरी चार इनिङस्मा ३४ रन मात्रै बनाएका थिए ।

कोलक्ताको टेस्टपछि उनि भारतीय टोलीबाट किनारामा परे । बेगझैँ अन्य भारतीय मुस्लिम पनि क्रिकेट खेलमा किनारामा परिरहेछन् । भारतमा मुस्लिमको जनसंख्या १ सय २० करोड भन्दा माथि छ । यी मध्ये धेरै मगलले राज गर्दा हिन्दुबाट मुस्लिम बनेका थिए ।

धेरै मुस्लिमहरु गरिबीको जीवन बाँचेपनि भारतमा मुस्लिमहरुले पनि उच्चपदस्थ पद भने पाएका छन् । स्वतन्त्रतादेखि यता भारतले तीनवटा मुस्लिम राष्ट्रपति पाएको छ । सर्वोच्च अदालतमा दुई जना प्रधानन्यायाधीश मुस्लिम समुदायकै थिए । यता, रक्षाको नेतृत्व र प्रशासन तथा राजनीतिका उच्च ओहदामा मुस्लिम समुदायको प्रतिनिधित्वको त्यति खराब छैन ।

क्रिकेटकै कुरा गर्दा भारतले दुईवटा कप्तान मुस्लिम समुदायकै थिए । नवाब पटौदी र सलिम दुरानी सन् १९६१ देखि १९७८ ताकाका कप्तान थिए । त्यसबखत भारत र पाकिस्तान आपसमा खेल खेल्दैनथे ।

भारत र पाकिस्ताको क्रिकेटमा राजनीतिक वृहत रुपमा सन् १९६५ देखि घुसेको हो। कश्मिरका कारण भएको युद्धपछि उनीहरुबीच १७ वर्षसम्म कुनै खेल भएन । सन् १९७८-७९ मा दुई मुलुकबीच फेरि खेल सुरु भयो ।

भारतीय क्रिकेट टोलीमा त्यसबेला एकमात्र मुस्लिम खेलाडी सइद किरमानी थिए । उनी राम्रा विकेट किपर थिए । यसबेला भारतको ब्याटिङ लयलाई ध्वस्त पार्नका लागि पाकिस्तानका द्रुत गतिका बलरहरु उपस्थित थिए । अर्कातर्फ भारतीय चार गतिला स्पिनर बीएस बेदी प्रसन्ना र एस बेंगकटाराभन र बीएस चन्द्रशेखरलाई पाकिस्तानी ब्याट्सम्यानले स्तब्ध बताए ।

सन् १९७८-७९ को टेस्ट श्रृंखलामा भारत २-० ले स्तब्ध भयो । भारतलाई चित्त बुझाउने एकमात्र बाटो भनेको कपिलदेवको उदय थियो । सन् १९८२-८३ को टेस्ट श्रृंखलाका लागि भारत फेरि पाकिस्तान पुग्यो । भारतीय ब्याट्सम्यानलाई इमरान खानले स्तब्ध बताए । यी दुबै श्रृंखलामा पराजयपछि भारतले कप्तानी परिवर्तन गर्‍यो । सन् १९७९-८० को अर्को श्रृंखलामा भारतले पाकिस्तानलाई जितेको थियो । त्यसबखत पीचको विवाद झिकियो ।

खराब पीचमा भारतले टस जितेकाले बलिङ रोज्यो । बल बाउन्स नहुँदा पाकिस्तानका चार खेलाडी एलबीडब्लुका पेभिलियन फर्कनुपरेको थियो । भारतले जानजान पीच विगारेको आरोप पाकिस्तानी क्रिकेटरले लगाएका थिए । म्याच सकिएसँगै मुम्बइका भित्ताहरुमा लेखिएको थियो-‘भारत १३ सदस्य सहित मैदानमा उत्रिन्छ । दुई अम्पाएर पनि उसकै पक्षमा हुन्छन्।’

मुस्लिम बाहुल्य रहेका स्थानका भित्ता यस्तो लेखिएको थियो । विभिन्न विवाद र बहसकाबीच दुई मुलुकबीच क्रिकेट खेल जारी रह्यो । सन् १९८३-८४ को टेस्ट श्रृंखलाका तीन खेल बराबरी भयो । इन्दिरा गान्धीको हत्यापछि भारतीय टोली खेल रोकेर भारत फर्कियो ।

विवाद र तनावकाबीच भारत र पाकिस्तानले सँगै विश्वकप आयोजना गरेका दृष्टान्त पनि नभएका होइनन् । सन् १९८७ को विश्वकप दुई मुलुकले सामूहिक रुपमा आयोजना गरेका थिए । तर त्यसखबत दुबै राष्ट्र फाइलनमा पुग्न भने सकेनन् ।

विस्तारै दुई मुलुक एकअर्काको भूमीमा आवतजावत गर्न छोडेसँगै उनीहरुको खेल बाहिरै हुन थाल्यो । दुई मुलुकको आपसी दुश्मनीमा अरुले व्यापार गरिरहेका छन् । उनीहरुको खेल कहिले सिंगापुर, कहिले दुबही, कहिले श्रीलंका लगायतका भेन्युमा हुन थाल्यो ।

उनीहरुको दुश्मनीमा व्यापार बढ्न थाल्यो । दुई मुलुकको खलमा विभिन्न ब्राण्डले आफ्नो उत्पादन प्रवर्द्धनको अवसर देख्थे । सन् १९८६ पछि पनि यी दुई राष्ट्रबीच खेल जारीनै थियो । सन् १९९१ १९९३ र १९९४ मा भने हिन्दु अतिवादीहरुको चेतावनीपछि स्थगित भए ।

सन् २००८ मा मुम्बइमा भएको हमलापछि दुई राष्ट्र एक अर्काकोमा गएर खेल्न छोडेका हुन् । दुई मुलुकबीच चिसिएको सम्बन्धमा झन् दरार पैदा भयो । यसपछि यसको प्रभाव झनै पर्न थलायो । सन् २०१० मा आइपीएलमा कुनै पनि पाकिस्तानी खेलाडी समावेश भएनन् ।

यो विषयमा केही क्लबले असन्तुष्टि समेत जनाएका थिए । विशेषगरी साहरूख खानले यसलाई गलत निर्णय भनेका थिए । हिन्दुवादीहरुले खान मुस्लिम भएका कारण पाकिस्तानको समर्थन गरेको भन्दै माइ नेम इज खान चलचित्र बहिष्कारको अभियान चलाए ।

भारत र पाकिस्तानी क्रिकेट बोर्डबीचको तनावपूर्ण सम्बन्धनै आइपीएलमा पाकिस्तानी क्रिकेट खेलाडी समावेश नगर्ने कारण भनेको थियो । पाकिस्तानी बोर्डका अध्यक्ष असिफ जर्धारीलाई पाकिस्तानी क्रिकेटका प्रमुख इजाज बटलाई हटाए प्रतिबन्ध खुला गर्ने सन्देश बटपठायो ।

‘भारती उपमहाद्वीपको हीतका लागि बटको बहिर्गमन आवश्यक छ । उनी रहेसम्म दुई बोर्डले सहकार्य गर्नसक्दैन,’ भारतीय बोर्डको सन्देश थियो ।

दुई राष्ट्रबीच राजनीतिक तनावका बाबजुद पनि आपसी सहकार्य गरेको दृष्टान्त छ । सन् १९८७ देखि बट र भारतीय बोर्डबीच मतभिन्नता भएपनि सन् २००९ मा पाकिस्तानमा श्रीलंकाका खेलाडीमाथि हमला भएसँगै उनीहरुबीचको दुरी थप बढेको हो ।

बटले भारतलाई क्रिकेटको विकासको वाधक लगायतका आरोप लगाउने गरेका छन् । उनका अभिव्यक्तिलाई लिएर ललित मोदीले आइसीसीमा उजुरी पनि दिएका थिए । यसपछि बट र मोदीबीच संवादको सुरुवात हुन थाल्यो ।

सन् २००९ मै मोदीले कुनैपनि पाकिस्तानी खेलाडीलाई आइपिएलमा प्रतिबन्ध नरहेको घोषणा गरे । तर समयमै भिषा नपाएका कारण उनीहरु भारत आउन नपाएको अभिव्यक्ति मोदीले दिए । ‘मैले सम्पूर्ण प्रयत्न गरेको हुँ । पाकिस्तानी खेलाडी आइपिएलमा आउनुपर्छ भन्नेमा म सकारात्मक छु तर अध्यागमनको ढिलासुस्ती हाम्रो हातमा छैन,’ उनले त्यसबखत भनेका थिए ।

तर यो मुद्दा अझैपनि सुल्झिएको छैन । बटसँगको दुश्मनीकै कारण उनीहरुले पाकिस्तानी खेलाडीलाई आइपिएल बाहिरै राखेका छन् । ललित मोदी आफैँ अहिले वित्तिय हिनामिनाको कारण अनुसन्धानमा छन् ।

यस्तो अवस्थामा दुई मुलुकबीचको सहकार्यमा पनि असर पुगेको छ । आपसी दुश्मनीकाबीच क्रिकेटमा सहकार्य र खेलमार्फत सद्धभाव बढाउनका लागि दुबै मुलुकका बोर्डले आपसी संवादलाई निरन्तरता दिइरहेका छन् । उनीहरुको संवादले सार्थकता कहिले पाउँछ प्रतिक्षीतनै छ ।

टनीतिको माध्यम बनेको क्रिकेट

तमाम बहस विवादकाबीच क्रिकेट मार्फत आपसी सद्धभाव फैलाउनका लागि दुबैतर्फबा बोर्ड आन्तरिक संवादमा हुन्छन् । क्रिकेटलाई पाकिस्तान र भारतले कुटनीतिका रुपमा पनि प्रयोग गर्नेगर्छन् । सन् २००५ मा पाकिस्तानको क्रिकेट टोली टेस्ट म्याच र वाडेका लागि भारतमा आएको थियो ।

अप्रिल १७ मा पाकिस्तानी राष्ट्रपति पर्वेज मुसरफ फिरोज साह कोत्ला रंगशालामा उपस्थित भएका थिए । सन् १९८७ पछि पाकिस्तानी नेता खेल हेर्नका लागि भारत आएको पहिलो दृष्टान्त त्यही थियो ।

सन् १९८७ मा जिया उल हक टेस्ट म्याच हेर्नका लागि जयपुर आएका थिए । कार्गिल युद्धको चोट कायमै रहेको अवस्थामा जिया उल हक त्यहाँ पुगेका थिए ।

सन् २००५ मा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले मुसरफसँगै बसेर क्रिकेट हेरेका थिए । त्यस म्याचमा भारत पाकिस्तानसँग स्तब्ध भयो । श्रीनगरमा पाकिस्तानी झण्डा फहरियो । भारतमा तोडफोड मच्चियो ।

भारत र पाकिस्तानको खेलमा तमासा रंगशालामा मात्रै हुँदैन मैदानबाहिर झन् बढी हुन्छ । राजनीतिक मतभेदका कारण सज्जनको खेल भनिने क्रिकेटलाई दुवै मुलुकले अन्ध राष्ट्रवादको व्यायामशाला बनाएका छन् ।

भारत-पाक क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय