+
+

व्यवसाय सफल बनाउन के गर्ने ?

अनायासचन्द्र गुरुङ अनायासचन्द्र गुरुङ
२०८० भदौ ११ गते १७:००

अहिलेका धेरै युवा आफ्नै व्यवसाय गर्न चाहिरहेका हुन्छन् । तर कुन व्यवसाय गर्ने, त्यसलाई अगाडि बढाउने र कसरी प्रभावकारी मार्केटिङ गर्ने भन्ने विषयको उचित जानकारी पाउने ठाउँ भने पाइरहेका हुँदैनन् ।

व्यवसाय सुरु गर्न चाहने हरेक व्यक्तिको परिस्थिति फरक-फरक हुन्छ । कसैसँग पैसा हुन्छ, मार्केटिङ आइडिया हुँदैन । कसैसँग मार्केटिङको आइडिया त हुन्छ तर आर्थिक व्यवस्थापन हुँदैन ।

कोही व्यक्तिले नयाँ व्यवसाय गर्न चाहिरहेको छ भने सबैभन्दा पहिला त उसले आफ्नो क्षमता र कमजोरीको बारेमा थाहा पाउनुपर्छ । त्यो थाहा पाएपछि मेरो लागि यी बाटाहरु छन् भने पहिल्याउन सकिन्छ ।

कुनै पनि व्यवसाय सफल हुन विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । मानौं कुनै मोटो व्यक्तिले आफ्नो साइजको लुगा पाइरहेको छैन । त्यो समस्या समाधान गर्नका लागि उसले केही उपाय सोच्छ । उसले आफ्नो लागि प्लस साइजको लुगा तयार गर्छ । उसले तयार गरेको लुगाको राम्रो प्रतिक्रिया पाउँछ भने अब उसले त्यही प्लस साइजको व्यवसायमा जोडिन्छ र सफल पनि हुन सक्छ ।

अब यो चरण सबैको लागि एउटै भए पनि परिस्थिति भने फरक हुन सक्छ । त्यही चरण पार गर्न कसरी अरूभन्दा सिर्जनात्मक हुने त भनेर सोच्नुपर्छ । अब आफू कुन बाटोमा हिंड्ने भन्ने कुरा तय भइसकेपछि आर्थिक व्यवस्थापनतिर लाग्नुपर्छ । ऋण लिने हो कि, कोही आफन्त वा साथीभाइसँग सापटी लिने हो तय गर्नुपर्छ । यदि आर्थिक व्यवस्थापन भएन भने आत्तिनु पनि हुँदैन अन्य उपाय खोज्नुपर्छ ।

व्यवसाय गर्न चाहने व्यक्तिले अहिले मेरो अवस्था यस्तो छ, पाँच वा १० वर्षपछि यो हुन्छ भनेर विश्लेषण र कल्पना गर्नुपर्छ । व्यवसाय सुरु गर्न आर्थिक व्यवस्थापन र मार्केटिङ आइडियासँगै धैर्यता पनि महत्त्वपूर्ण कुरा हो । व्यवसायमा धैर्यता राख्न सकिएन भने सफल हुन सकिंदैन ।

सबैभन्दा पहिले त म यो गर्छु भनेर एउटा बाटो रोज्नुपर्‍यो । त्यसपछि त्यो बाटोमा हिंडेर म यहाँ पुग्छु भनेर लक्ष्य राख्नुपर्‍यो ।

व्यवसाय गर्ने आइडिया छ तर मार्केटिङको आइडिया छैन भने यसबारे अध्ययन गर्नुपर्छ । मार्केटिङ कसरी गर्ने भनेर विभिन्न पुस्तक पढ्न सकिन्छ, सामाजिक सञ्जालमा खोजेर पढ्ने गर्न सकिन्छ । स्कुल-कलेजमा हामीलाई पढाएको कुराले भन्दा स्वाध्ययनले हामीलाई मार्केटिङको ज्ञान मिल्छ । मार्केटिङको लागि पढेर मात्र पनि हुँदैन, बजारको अध्ययन पनि गर्नुपर्छ ।

मार्केटिङको आइडिया ५० प्रतिशत पढेर हासिल गर्न सकिन्छ भने ५० प्रतिशत त्यो सिद्धान्तको प्रयोग गरेर । सिद्धान्तको प्रयोग गर्दै गएपछि त्यसमा असफलता पनि मिल्न सक्छ । तर त्यो असफलतामा आत्तिएर व्यवसाय छोड्न हुँदैन, धैर्य गर्नुपर्छ र अफलताबाट पनि केही सिकेर अघि बढ्नुपर्छ ।

मार्केटिङ भनेको यस्तो चीज हो जसले व्यवसायलाई सफल बनाउन मद्दत गर्छ । मार्केटिङ गर्न ग्राहकको मनोविज्ञान बुझ्नुपर्‍यो, बजारको अवस्था थाहा पाउनुपर्‍यो र सोसल मिडिया प्लेटफर्मको बारेमा जानकारी हुनुपर्‍यो ।

बजारको माग बुझ्नुपर्छ

व्यवसायको आइडिया राम्रो भएर मात्र हुँदैन बजारको माग पनि बुझ्नुपर्छ । मानौं, अहिलेका युवतीहरूमा टोट ब्याग एकदमै लोकप्रिय छ । तर त्यसमा पनि धेरै खण्ड भएको ब्याग उनीहरूलाई उपयोगी हुन्छ । बजारमा त्यस्तो धेरै खण्ड भएको टोट ब्याग उपलब्ध छैन भने त्यो आवश्यकतालाई पूरा गर्न धेरै खण्ड भएको टोट ब्यागको उत्पादन गर्न सकिन्छ । यसरी युवतीहरूको रोजाइमा पर्ने टोट ब्यागको व्यवसाय गरियो भने सफल हुन सकिने सम्भावना बढी हुन्छ ।

मार्केटिङ टिप्स

-कुनै पनि व्यवसाय सुरु गर्नुअघि व्यवसाय र मार्केटिङको बारेमा अध्ययन गर्नुपर्छ । अध्ययन गरेको कुरालाई अभ्यास गर्नुपर्छ र बजारको माग के छ त्यसलाई बुझ्नुपर्छ ।

जसलाई उत्पादन बेच्न चाहनुहुन्छ तिनीहरूको उमेर, लिङ्ग, रुचि, भूगोल र मनोविज्ञान बुझ्नुपर्छ । त्यसो भएपछि ग्राहकको आवश्यकता र चाहना बुझ्न सकिन्छ । सबैलाई आफैं मार्केटिङ गर्न गाह्रो हुन सक्छ, त्यस्तो अवस्थामा विभिन्न मार्केटिङ एजेन्सीलाई सम्पर्क गर्न सकिन्छ । जसले यस्ता सेवा प्रदान गरेर व्यापार बढाउन सहयोग गर्छन् ।

(बिजनेस एडभाइजर अनायसचन्द्र गुरुङसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?