१४ भदौ, काठमाडौं । अमेरिकी अरबपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।
उनका अनुसार यो सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुने छ ।
‘एक्समा चाँडै नै अडियो र भिडियो कलको फिचर आउँदै छ,’ उनले लेखेका छन्, ‘यसले एन्ड्रोइड, आईओएस, एप्पल म्याक र माइक्रो सफ्ट कम्युटरमा काम गर्छ ।’
भिडियो तथा अडियो कलका लागवि कुनै फोन नम्बरको आवश्यकता हुने छैन । ट्वीटरको नाम नै काफी हुने छ ।
एक्सले उपलब्धा गराउन लागेको भिडियो तथा अडियो कल गर्ने सुविधा ह्वाट्स एप, फेसबुक म्यासेन्जर, इन्स्टाग्रामजस्ता सञ्जालमा पहिला नै उपलब्ध छन् ।
आफूले स्वामित्व किनेपछि नाम परिवर्तन गरेर एक्स बनाएका मस्कले ट्वीटरमा धेरै नै परिवर्तन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4