Comments Add Comment

सहुलियतका त्रिपालमा कालोबजारी

९ जेठ, काठमाडौ । विराटनगरका ब्यापारीले भन्सार छुटमा ल्याएका त्रिपालमा कालोबजारी गरेको पाइएको छ । भूकम्पपछि पीडितलाई राहत पुग्ने गरी सरकारले भन्सार छुट गरेको मौकाको फाइदा उठाउँदै लाखौं रुपैयाँका त्रिपाल भित्राएका ब्यापारीले सर्वसाधारणसँग चर्को मूल्य असुलेको नागरिक दैनिकमा खबर छ ।

अनुगमन क्रममा भन्सार छुटमा त्रिपाल ल्याउने ब्यापारीले नै फटाइँ गरेको भेटिएपछि दुई जनालाई पक्राउ गरी मुद्दा चलाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

अम्बिका बस्त्रालयका प्रदीप अग्रवाल र प्रमाणी इन्टरप्राइजेजका जितेन्द्रकुमार सेठियालाई शुक्रबार कालोबजारी अन्तर्गत म्याद थप गरी मुद्दा चलाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सरकारले दिएको सुविधा दुरुपयोग गर्दै विराटनगरको अम्बिका वस्त्रालयले सबैभन्दा धेरै ७८ प्रतिशतभन्दा धेरै मुनाफा राखी बिक्री गरेको पाइएको छ । अन्यले पनि तोकिएभन्दा २५ प्रतिशत बढीसम्म असुलीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment