Comments Add Comment

एभरेष्ट बैंकद्वारा भूकम्प पीडितलाई पाँच सय कम्बल राहत

Everest bank2११ जेठ, काठमाडौं । एभरेष्ट बैंकले महाभूकम्पका पीडितहरुको राहत तथा पुर्नस्थापनाको लागि पाँच सय थान कम्बल उपलब्ध गराएको छ ।
बैकले पूर्वघोषणा अनुरुप, यी सामाग्री बी.पी. सामाजिक केन्द्र नामको एक गैरसरकारी संस्थालाई हस्तान्तरण गरेको हो । जुन राहत सामाग्री चाँडै नै विभिन्न प्रभावित क्षेत्रमा पुर्याइने छ ।

यसअघि बैशाख २८मा बंैकले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको छ । त्यस्तै, घरबारबिहिन पीडितका लागि आवास प्रदान गर्ने विभिन्न योजनामा कार्यरत छ ।

बैंकले सहजरुपमा रेमिटेन्स रकम भित्र्याउन बैंकले एक महिनाको लागि निःशुल्क रेमिटेन्स सेवा पनि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment