Comments Add Comment

राहत वितरण संयन्त्रमा गुण्डागर्दी गर्नेहरु, प्रधामन्त्रीले नै टिका लगाएर विदाइ गरे

१२ जेठ, काठमाडौ । भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरुले डनहरुलाई पनि प्राथमिकता दिन थालेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैंटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे ।
kumar-ghaite
कांग्रेसको खेलकूद विभागले बनाएको स्वयंसेवक टोलीमा घैंटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्रायः गुण्डागर्दी पृष्ठभूमिका ब्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् । घैंटेसहितका समूहलाई प्रधानमन्त्री कोइराला आफैले बिदाइ गरेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका छन्, नयाँ पत्रिकामा खबर छ ।

उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनर्स्थापनाको काम गरेको थियो । प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेको घैंटे भूकम्पपछि नेताहरुको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् ।

गुण्डाहरुलाई दलहरुले आश्रय दिन थालेपछि प्रहरी अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् । कुमार घैंटेमात्र होइन, डन भनेर चिनिएकाहरु यतिबेला राहतको नाममा आफ्नो प्रभाव बढाउनेतर्फ केन्द्रित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment