Comments Add Comment

मन्त्री कृपाशुर शेर्पा भन्छन्-डिएनए टेस्ट गर्न तयार छु

kripashur sherpa Sex abuse 650_

१३ जेठ, काठमाडौं । पर्यटनमन्त्री कृपाशुर शेर्पाले गणेश शेर्पासित आफ्नो रगतको सम्बन्ध नरहेको बताएका छन् । उनले गणेशसँग रगतको सम्बन्ध नरहेको बताउँदै त्यसका लागि डिएनए परीक्षण गर्न तयार रहेको बताए ।

‘गणेश भन्ने व्यक्तिलाई म चिन्छु,’ उनले भने, ‘तर, मेरो छोरा भन्ने कुरा वाहियात हो ।’ गणेशले बेलाबेलामा फोन गरेर धम्क्याउने गरेको जिकिर गरे । ‘उसले पटकपटक फोन गरेर थ्रेट दिने गरेको थियो । त्यतिबेला यो दाबी (बाबुछोराको कुरा) गरेको थिएन, म पावरमा पुगेपछि मेरो तेजोबध गर्न कसैले उसलाई प्रयोग गरिरहेको छ, उनले भने ।’

गाविस सचिवले दिएको भनिएको सिफारिस पनि नक्कली भएको उनले दाबी गरे । ‘दुवै पक्ष उपस्थित नभईकन गाविसले कसरी नाता प्रमाणित गर्न सक्छ ?’ शेर्पाले प्रश्न गरेको नयाँ पत्रिकामा खबर छ ।

यो पनि पढ्नुहोस्

मन्त्री कृपासुरले दलित महिलामाथि यौन शोषण गरेको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment