Comments Add Comment

आकर्षक ब्याजको प्रलोभनमा गोर्खालीहरु ठगिए

Gorkha-armyलन्डन । आकर्षक ब्याज पाउने प्रलोभनमा मोटो रकम लगानी गर्दा गोर्खालीहरु ठगिएका छन् । गोर्खाहरुले एउटा कम्पनीमा ३० मिलियन पाउण्ड अर्थात करिब ४ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको डेली एक्सप्रेसलाई उद्धृत गर्दै वीनेपालीले जनाएको छ ।

लन्डनस्थित क्यापिटल वल्र्ड मार्केटको मासिक ५ प्रतिशत ब्याज दिने आश्वासनमा गोर्खाहरुले भारी रकम डुबाएको खबर बेलायती अखबारहरुले प्रकाशत गर्दै आएका छन् ।

आकर्षक ब्याजको प्रलोभनमा परि लगानी गरेका ६० जना बि्रटिश आर्मी बि्रगेडका गोर्खाहरुको पहिचान गर्दै यथार्थ विवरण पेस गर्न अपिल गरिएको छ । लगानीकर्ता गोर्खाहरु भने यसबारेमा मौन रहेका छन् ।

अबको दुई सातासम्म पनि पीडितहरुबाट यथार्थ विवरण नआए सिधै मिलिट्री बेसमै गएर गोर्खा रेजिमेन्ट सदस्यहरुलाई लगानी गरेको हो भए विवरण दिन अपिल गर्ने तयारी गरिएको छ ।
चिफ इन्सपेक्टर डेभिड म्यान्लेले गोर्खा र नेपाली समुदायबाट सहयोग आवश्यक पर्ने बताएका छन् । उनले गोप्य ढंगले लगानीबारे अपिल गर्न सक्ने पनि बताए ।

प्रहरीले गत मार्चमा कम्पनी सम्वद्ध दश पुरुष र तीन महिलालाई जालसाजी तथा मुद्दा अपचलनको आशंकामा हेरोन टावर लन्डनबाट पक्राउ गरेको थियो । पछि उनीहरु सेप्टेम्बर सम्मका लागि जमानतमा छाडिएका थिए । प्रहरीले क्यापिटल वल्र्ड मार्केटका कम्प्युटर र फाइलहरु जफत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment