Comments Add Comment

राहतको चामल हराएको छैन : अापूर्ति मन्त्रालय

१४ जेठ, काठमाडौं । वाणिज्य तथा अापूर्ति मन्त्रालयले भूकम्प पीडितलाई बंगलादेशबाट आएको चामल नहराएको स्पष्ट पारेको छ । विहीबार पत्रकार सम्मेलन गरी सञ्चार माध्यममा चामल हराएको भनेर आएको समाचार सत्य नभएको मन्त्रालयले जानकारी दिएको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

बंगलादेशबाट राहतस्वरुप ९९ हजार ९८२ क्वीन्टल चामल प्राप्त भएको थियो । त्यसको अभिलेखीकरण गरिसकेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता शम्भु घिमिरले सरकारले उक्त चामल बुझिसकेको बताए । पहिलो चरणमा गृहसचिव र वाणिज्य सचिवले वितरण योजना बनाएर ३१ हजार ५२९ क्वीन्टल चामल बिभिन्न जिल्लामा पठाइसकेको बताइएको छ ।

बाँकी ६८ हजार ४५३ क्वीन्टल चामल विर्तामोड गोदाममै रहेको प्रवक्ता घिमिरेले जानकारी दिए । उक्त चामल पनि योजना बनाएर व्यवस्थित रूपमा वितरण सुरू गरिसकेको मन्त्रालयको भनार्इ छ ।

‘म आफै गएर गोदाममा हेरेको छु्, चामल छ, हराएको छैन’ प्रवक्ता घिमिरले बताए । गोदाममा रहेको चामलमध्ये ५ हजार ९ सयम मेट्रिक टन चामल काठमाडौं ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । काठमाडौं ल्याएपछि छिमेकी जिल्लामा वितरण गर्न सहज उनको भनार्इ छ ।

मन्त्रालयले वितरण गरेको चामलको विवरण अबदेखि वेभसाइटमा राखेर सर्वसाधारणलार्इ जानकारी दिइने प्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment