Comments Add Comment

‘रेश’को छायांकन गरिएको स्थानमा नेपाली म्यूजिक भिडियो(भिडियो सहित)

batash-bandi
बलिउड चलचित्र ‘रेश’को क्लाइमेक्स खिचिएको यूएइको अलआइनमा एक नेपाली म्यूजिक भिडियोको छायांकन गरिएको छ । संचारकर्मी समेत रहेका दयाराम घिमिरेले निर्देशन गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दुबइमा नै रहँदै आएका कलाकारहरु मोहन बोगटी र सुनिा शर्माले मोडलिङ  गरेको भिडियोको छायांकार पनि निर्देशक घिमिरे नै हुन् । संगीतकार तेनहाङ राइको दोश्रो गिती एल्बम ‘सरलता’मा समावेश गीतमा दयाराम घिमिरेको शब्द, डेबिड शंकरको स्वर छ ।

निर्देशक घिमिरेले यसअघि पनि केही म्यूजिक भिडियो यूएइमा छायांकन गरेका थिए । यो लोकेशनमा केही बलिउड चलचित्रको छायांकन भैसकेको निर्देशकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment