Comments Add Comment

अर्थमन्त्रीका पीएले २७० बण्डल जस्ता बेच्न खोजेपछि…

Nuwakot-ma-Rajah-ko-Jasta-bikri-1

कपिलदेव खनाल

१६ जेठ, काठमाडौं । इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले बेच्न लैजान खोजेको भन्दै स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएका छन् ।

विद्यालयलाई दिएको जस्ता बिक्रीमा लैजाँदै गरेको भन्दै स्थानीयबासी छहरेमा भेला भएर अर्थमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

बैंकले उक्त जस्ता पाता कबिलासका विद्यालय भवन बनाउनका लागि सरकारलाई दिएको थियो । उक्त जस्ता गाडीमा हालेर कबिलास पुर्‍याइएको थियो ।

अर्थमन्त्रीका सहयोगी रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए ।

Nuwakot-ma-Rajah-ko-Jasta-bikri--2

गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरे । त्यसपछि गाडी चालक र महतवीच भाडामा बार्गेनिङ सुरु भयो । चालकले त्यति थोरै पैसामा आफूले जस्ता काठमाडौं नपुर्‍याउने बताए ।

फोनमा बार्गेनिङ हुन थालेपछि स्थानीयले शंका लागि गाडीमा हेर्दा जस्तापाता फेला पर्‍यो र तत्कालै नुवाकोट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरियो ।

Nuwakot-ma-Rajah-ko-Jasta-bikri--3

स्थानीयबानसीले अनलाइनखरबलाई दिएको जानकारी अनुसार महतले उक्त जस्ता कोटेश्वरको जस्ता पसलमा बुझाइदिन अह्राएको चालकले वयान दिएका छन् ।

राहतका लागि उपलब्ध भएको सामाग्री रमेश महतले काठमाडौंको कोटेश्वरमा लगेर विक्री गर्न लागेको पुष्टि भएको स्थानीय रामप्रसाद न्यौपानेले दावी गरे । ट्रकका चालक निरज भण्डारीले दिएको वयानका आधारमा जस्तापाता फेरि काठमाडौं फर्काउन लागिएको पुष्टि भएको उनले बताए ।

Nuwakot-ma-Rajah-ko-Jasta-bikri

जस्तापातामा नेपाल ईन्भेष्टमेन्ट बैंकको लोगो रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता तिर्थबहादुर पाण्डे अर्थमन्त्री डाक्टर रामशरण महतका सम्धी हुन् ।

व्यक्तिगत सम्वन्धका आधारमा गाउँमा राहत सामाग्री ल्याइएको र नाताले अर्थमन्त्रीको भतिजा नुवाकोट कांग्रेसका सचिव रमेश महतले काठमाडौं लगेर विक्री गर्न लागेको थानसिङ कांग्रेस सभापति विनोद पाठकले बताए ।

यसैबीच र्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस नेता रमेश महतले इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्ता आफूले बेचेर खान नभई चारवटा गाविसमा बाँड्नलाई लैजान लागेको स्पष्टीकरण दिएका छन् ।

यो पनि पढ्नुस्

नुवाकोटका सीडीओ भन्छन्- जस्ता काण्डको छानविन गर्नुपर्छ

रमेश महत भन्छन्- मैले जस्ता बेचेर खान्छु होला त ? 

अर्थमन्त्रीको जवाफ : राहत सामाग्री विक्री हुन सक्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment