+
+
Shares

कांग्रेस देउवा समूहको प्रदेश अधिवेशन एक दिन पछि सर्‍यो

नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको प्रदेश अधिवेशन कार्यतालिका एक दिन प्रभावित भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरिबोधनी एकादशीका कारण नेपाली कांग्रेस देउवा समूहको प्रदेश अधिवेशन मिति एक दिन सारेर मंसिर ५ गतेदेखि सुरु हुने भएको छ।
  • सचिवालय समिति संयोजक दीपक कुईंकेलका अनुसार गण्डकीपछि लुम्बिनी, कर्णाली, मधेश, सुदूरपश्चिम, कोसी र बागमती प्रदेशको अधिवेशन तय भएको छ।
  • देउवा पक्षले सबै प्रदेश अधिवेशनमा शेरबहादुर देउवा सहभागी हुने र आठ हजारभन्दा बढी प्रतिनिधि रहने दाबी गरेको छ।

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको प्रदेश अधिवेशन कार्यतालिका एक दिन प्रभावित भएको छ। मंसिर ४ गतेदेखि सुरु हुने भनिएको अधिवेशन हरिबोधनी एकादशीका कारण मंसिर ५ गतेदेखि सुरु हुने भएको हो।

धार्मिक पर्वका कारण अधिवेशनको मिति एक दिन पछाडि सारिएको सचिवालय समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए।

उनका अनुसार मंसिर ५ गते गण्डकी प्रदेश, मंसिर ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ। सबै प्रदेश अधिवेशनमा शेरबहादुर देउवा सहभागी हुने बताइएको छ।

देउवा पक्षले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । हरेक निर्वाचन क्षेत्रबाट ३८ जना, ७५३ पालिकाबाट प्रतिनिधि, ३०० जना मनोनीत, भ्रातृ संस्थाबाट २००, जनसम्पर्क समितिबाट २०० तथा पालिका प्रमुखसहित अन्य प्रतिनिधि गरी आठ हजारभन्दा बढीको सहभागिता रहने उनको दाबी छ ।

देउवा पक्षले असोज १५ गतेदेखि महाधिवेशनको कार्यक्रम सुरु गरेको थियो । हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?