Comments Add Comment

सलमानलाई देख्दा रिस उठ्छ सोनाक्षीलाई

salman and sonakchhiमुम्बई । सोनाक्षी सिन्हाका बुबा शत्रुघन सिन्हाले छोरी सोनाक्षीलाई फिल्ममा ल्याउनै चाहेका थिएनन् । सलमान खानको जिद्दीले मात्रै सोनाक्षी फिल्ममा आउन सफल भएकी थिईन् ।

तर, सोनाक्षीले परिवारको इज्जतको ख्याल राख्ने भन्दै बिकीनी नलगाउने र चुम्बनको सिन नगर्ने आफ्ना बुबासँग प्रतिबद्धता जनाएकी छिन् । उनले हरेक फिल्ममा सम्झौता गर्नुअघि पनि निर्माता/निर्देशकलाई यही कुरा भन्ने गरेकी छिन् ।

चलचित्र ‘दबंग’ मा काम गर्नका लागि उनले ३० किलो वजन घटाएकी थिईन् । उनलाई वजन घटाउन मात्रै दुई वर्ष लागेको थियो । फिल्म खेल्नु अघि उनको वजन ९० किलो थियो ।

उनको वजन घटाउनका लागि सलमानले निकै सहयोग गरेका थिए । हरेक दिन केही घण्टा सोनाक्षीलाई हिडाउथे सलमान । उनले पटक-पटक भन्ने गरेकी छिन् ‘म अभिनय गर्न हैन वजन घटाउन फिल्ममा आएकी हुँ ।’

उनले फेशन डिजाईनमा ग्रयाजुएशन गरेकी छिन् । सन् २००५ मा ‘दिल लके देखो’ फिल्ममा कष्ट्युम डिजाईनको काम गरेकी थिईन् । त्यसपछि मोडलिङ सक्रिय भएकी थिईन् ।

सलमानकै कारण फिल्ममा आएकी सोनाक्षी सलमानलाई पटक्कै मन पराउँदिनन् । सलमान देख्दा रिस उठ्छ रे उनलाई ।

तीन दाजु बहिनी मध्ये कान्छी हुन् । उनका दुई जुम्ल्याहा दाजुहरु लभ र कुश छन् । उनले दबंगवाट पाएको पारिश्रमिक सलमान खानको च्यारीटि संस्था ‘बीईङ ह्युमन’ लाई दिएकी थिइन् ।

उनको फोटोग्राफीमा सौख छ । घुम्न निकै मन पराउँछिन् । असाध्यै खन्चुवा छिन् ।

सानैदेखि सारी लाउन रहर गर्थिन उनी । हिन्दी फिल्म लुटेराको एउटा गीतमा नौ वटा फरक-फरक सारी लाएकी छिन् उनले । उनी राजनीतिमा रुची राख्छिन् तर, तत्कालै राजनीतिमा सक्रिय हुने योजना छैन् ।

सन् २०१२ मा सोनाक्षीको नाम श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेका बण्टी सचदेवासँग जोडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment