Comments Add Comment

प्रधानमन्त्रीद्वारा कृषिमन्त्रीको राजीनामा स्वीकृत

Hari-Parajuli

१७ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कृषिमन्त्री हरिप्रसाद पराजुलीको राजीनामा स्वीकृत गरेका छन् ।

कृषिमन्त्री पराजुलीले बिहीबार पार्टी अध्यक्षमार्फत प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

पराजुलीले बुझाएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले अनलाइनखबरलार्इ बताए ।

असार १५ गते धानदिवसको अवसरमा आयोजित कार्यक्रममा अश्लील हर्कत गरेपछि मन्त्री पराजुलीको आफ्नै पार्टी एमाले र बाहिरसमेत तीव्र आलोचना भएको थियो । लगत्तै एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री बामदेव गौतमले मन्त्री पराजुलीलाई राजीनामा गर्न आग्रह गरेका थिए ।

मन्त्री पराजुलीले बिहान ओली निवास बालकोट पुगेर पार्टी अध्यक्षलाई राजीनामा बुझाएका थिए ।

यो पनि पढ्नुहोस्

कृषि मन्त्री बन्न एमालेमा दौडधूप

अश्लील हर्कत गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा राजीनामा

अश्लिल हर्कत गर्ने कृषिमन्त्री पराजुलीले भने- राजीनामा दिनु पर्ने केही गरेको छैन

जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित)

को हुन् मन्त्री हरि पराजुली ? जसले सेकुवा कर्नरदेखि धान खेतसम्म छाडेनन्

ओलीलाई झाँक्रीको चुनौती : महिला समात्ने मन्त्री नहटाउने ?

एमाले नेता पोखरेलले भने-कृषिमन्त्री ज्यू लज्जाबोध भो

कृषिमन्त्री पराजुलीको हर्कतबारे संसदमा विरोध, कारवाही गर्न माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment