Comments Add Comment

जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित)

Hari-parajuli

१६ असार, काठमाडौं । यो कुनै चलचित्रको सुटिङ होइन । तस्वीरमा देखिएका हिलाम्मे ह्याट लगाएर महिलालाई अंगालो हाल्ने ब्यक्ति कुनै भिलेन पनि होइन् ।

उनी त नेपाल सरकारको कृषि मन्त्री हरिप्रसाद पराजुली हुन् । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका हुन् ।

बिहान ११ बजे उद्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगेका थिए । झण्डै १५ मिनेट भाषण गरेपछि मन्त्री हिलो खेतमा परे । धान दिवसको अबसरमा मन्त्री नै हिलोमा पसेर रोपाइँ गर्नु राम्रो हो ।

Hari-parajuli-4

तर, मन्त्री पराजुलीले सबै सीमा नाघे । रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलार्इ जबरजस्ती अंगालो हाल्न पुगे । उनी अगाडि देख्ने महिलालार्इ जबरजस्ती अंगालो हाल्थे र पूर्व चिनजान भएको दाबी गर्थे ।

मन्त्रीले अश्लिल हर्कत गरेपछि महिलाहरू भने रिसाए । अनिच्छापूर्बक अंगालो मारिरहेपछि एक महिलाले फुत्किएर धारे हात लगाउँदै कस्तो सोमत नभएको भन्दै गाली समेत गरेका छन् ।

Hari-parajuli-1

Hari-parajuli-3

Hari-parajuli-2

तस्वीरः शम्भु दंगालको फेसबुकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment