Comments Add Comment

यातायात कार्यालय बुटवलका सुब्बा घुससहित रंगेहात पक्राऊ

Yadav-KC-Khadka-Arrested

१७ असार, रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारीलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको छ ।

पश्चिमान्चल क्षेत्रीय कार्यालय पोखराको सम्पर्क कार्यालय बुटवलको टोलीले यातायात व्यवस्था कार्यालयका नायब सुब्बा यादव केसी खड्कालाई विहीबार पक्रेको हो ।

५५ वर्षीय खड्का बुड्डी गाविस-४, कपिलबस्तुका हुन् ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिलिपि बनाउन सेवाग्राहीबाट ६ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक सुदन सिं बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment