Comments Add Comment

माइक्रोम्याक्सको नयाँ स्मार्टफोन बजारमा

micromax-doodle-4-Final
१७ असार, काठमाडौं । भारतीय मोबाइल ब्रान्ड माइक्रोम्याक्सले नयाँ माइक्रोम्याक्स डुडल फोर (क्यू३९१) नेपाली बजारमा ल्याएको छ ।

यसमा एन्ड्रोइड ५.० लोलिपपको अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । त्यस्तै, शक्तिशाली अपरेटिङ सिस्टमका रहेको यस फोनमा १.३ गीगाहर्ज क्वाड कोर एआरएम कोर्टेक्स ए७ प्रोसेर रहेको छ । जसले गेम खेल्न र एपहरु चलाउन सहज बनाउने छ ।

यस फोनमा ६ इञ्चको गोरिल्ला ग्लास भएको आइपीएस स्कि्रन छ । फोनको पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।

यसमा ८ जीबी आन्तरिक मेमोरी रहेको छ । जसलाई ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसका साथै १ जीबी र्‍याम, थ्रीजी, ब्लूटुथ, वाईफाई, डुअल सीम, ३००० एमएएच क्षमताको ब्याट्रि लगायतका सुविधाहरु पनि रहेका छन् ।

यसको नेपाली बजारमा १५ हजार ९ सय ५० रुपैयाँ मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment