Comments Add Comment

नक्कली कारोबार गर्ने ४७ म्यानपावरलाई कारबाही गर्न अख्तियारको निर्देशन

१८ असार, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ म्यानपावर एजेन्सीमाथि कारबाही चलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।
rojgarनक्कली कागजातका आधारमा नेपाली कामदार विदेश पठाउन खोजेको भन्दै अख्तियारले कारबाही गर्न भनेको कारोबार दैनिकमा खबर छ ।

विभागका प्रवक्ता बद्रीकुमार कार्कीले अख्तियारको पत्रअनुसार अनुसन्धान गरी वैदेशिक रोजगार ऐन ०६४ बमोजिम कारबाही गरिने बताए ।

ती एजेन्सीले नक्कली कागजात पेश गरेको भनिए पनि विभागका कर्मचारीको संलग्नता अहिलेसम्म देखिएको छैन । कर्मचारीको संलग्नता नदेखिएकाले भ्रष्टाचार नभएको अख्तियारको पत्रमा उल्लेख छ ।

कारबाही सिफारिस सूचीमा परेका अधिकांश म्यानपावरले मलेसिया कामदार पठाउने गर्छन् । एजेन्टलाई मोटो रकम तिरेर मलेसियाको सक्कली मागपत्रलाई आफूखुशी सम्पादन गरेर म्यानपावरहरुले ठगी गरेको अख्तियारको निश्कर्ष छ ।
ऐन बमोजिम ३ वर्ष जेल सजायँ वा ५ लाख रुपैयाँसम्म जरिवाना तोक्न सक्ने नियममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment