Comments Add Comment

आहा ! रारा गोल्डकपबाट साढे १५ लाख बचत

Aaha-rara

सन्देश श्रेष्ठ

१९ असार, पोखरा । सहारा क्लव पोखराद्वारा आयोजित बाह्रौं आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट साढे १५ लाख रुपैयाँ बचत भएको छ ।

सहारा क्लव पोखराले शनिबार पत्रकार सम्मेलन गरी गत २० गतेदेखि फागुन २ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिताबाट १५ लाख ४५ हजार ७ सय ६४ रुपैयाँ बचत भएको जनाएको हो ।

प्रतियोगिताबाट कुल ६९ लाख ४३ हजार २ सय ६७ रुपैयाँ संकलन भएको थियो । जसमध्ये ५३ लाख ९७ हजार ५ सय ३ रुपैयाँ खर्च भएको क्लवका अध्यक्ष बिरभद्र आचार्यले बताए ।

उनका अनुसार मुख्य प्रायोजक, प्रायोजक, सह प्रायोजकबाट २४ लाख ११ हजार २ सय ५० रुपैयाँ, व्यानरबाट १९ लाख ८७ हजार २६५ रुपैयाँ र प्रवेश टिकटबाट २५ लाख ३८ हजार ८ सय ३८ रुपैयाँ संकलन भएको छ । बचत रकममा हालसम्मको व्याज समेत जोडिएको उनले बताए ।

२०५८ सालमा क्याराभान गोल्डकपबाट प्रतियोगिता आयोजना गर्न थालेको सहारा क्लव पोखराले हरेक वर्ष आहा ! रारा गोल्डकप प्रतियोगिता गर्दै आएको छ ।

फोटो : सुदर्शन रञ्जित/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment