Comments Add Comment

हामी राजनीति गर्दैनौं, हामीमाथि पनि राजनीति नगरियोस् : प्रधानन्यायाधीश

Kalyan-Shrestha-padbhar२३ असार, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायपालिकालाई स्वतन्त्रतापूर्वक काम गर्न दिन आग्रह गरेका छन् ।

सर्वोच्चमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने-‘हामी पनि राजनीति गर्दैनौं । हामीमाथि पनि राजनीति नगरियोस् ।’

उनले न्यायाधीश नियुक्तमा राजनीतिक गन्ध नआउने र राजनीतिक हस्तक्षेप विना न्यायाधीश छनोट हुने बताए । साथै न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु गर्ने उनले जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश श्रेष्ठले आफ्नो नौ महिने कार्यकालमा न्याय क्षेत्रमा सुधारका कामहरु गर्ने बताएका छन् । श्रेष्ठले अदालतप्रति जनआस्था बढाउन र कार्यसम्पादनलाई निष्पक्ष बनाउन न्यायिक निगरानी समिति र न्यायमा पहुँच आयोग गठन गर्ने जानकारी दिए ।

राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिस आनुसाार सर्वोच्चका वरिष्ठ न्यायाधीश श्रेष्ठले बुधबार बिहान प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । लगतै विहान ९ बजे श्रेष्ठले राष्ट्रपति यादव समक्ष पद तथा गोपनियताको सपथ लिए ।

सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment