Comments Add Comment

मस्यौदाले हतियार उठाउने बाटो राख्यो : पद्मरत्न तुलाधर

Padma-Ratna-tuladhar

२३ असार, काठमाडौं । आदीवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले संविधानसभामा प्रस्तुत संविधानको पहिलो मस्यौदा आफूहरुका लागि स्वीकार्य नभएको बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर जनजाति राष्ट्रिय आन्दोलनले अन्तरिम संविधान भन्दा पनि तल झरेर आएको प्रतिगामी मस्यौदा भएकोले आफूहरुलाई स्विकार्य नभएको बताएको छ ।

आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले प्रारम्भीक मस्यौदा अनुसार संविधान बने अधिकारका लागि अर्को युद्ध निम्त्याउने चेतावनी दिए । आफूले २०४७ सालको संविधान बन्दा पनि अधिकारका लागि लड्नु पर्ने आवश्यकता औल्याएको र पछि गएर जनयुद्ध भएको स्मरण गर्दै तुलाधरले अहिलेको संविधानले पनि हतियार उठाउने बाटो (कारण) बाँकी राखेको तर्क गरे ।

भूकम्पको बहानामा षड्यन्त्र मुलक ढंगले प्रतिगामी १६ बुँदे सहमति गरेर संविधान निर्माण गर्न खोजेको उनको आरोप छ । संघीय लोकतान्त्रिक गणतन्त्र संविधानको प्रस्तावनामा नलेख्नु, धर्म परिवर्तनको अधिकार खोस्नु, आत्मनिर्णयको अधिकार नदिनु, अग्राधिकार नदिनु, प्रदेशलाई प्रशासनिक निकाय मात्रै बनाउन खोज्नु, जनसंख्याको आधारमा समावेशी नहुनुले संविधानको पहिलो मस्यौदा प्रजातन्त्र, महिला र आदीवासी जनजाति विरोधी भएको उनले बकताए ।

आन्दोलनका प्रवक्ता प्राडा ओम गुरुङ्गले अहिलेको बन्न लागेको संविधान कसैको पनि हितमा नभएको बताए । उनले भूकम्पको संकटको फाइदा उठाउँदै संविधान ल्याउन खोजेको दावी गर्दै यसले देशलाई पुनःद्वन्द्वमा लाने खतरा भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment