+
+
Shares

दार्चुलामा होमस्टे सञ्चालनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ८ गते १३:०९

८ साउन, भीमदत्तनगर । दार्चुलाको खार गाविसमा पर्यटक भित्र्याउन होमस्टे सञ्चालनको तयारी गरिएको छ ।

अपी-नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने खार गाविसको दल्लेखमा होमस्टे सञ्चालनका लागि कैलाश भूपरिधि कार्यक्रमले आर्थिक सहयोग गर्ने भएको हो । पहिलो चरणमा खार गाविसका आठवटा घरबाट होमस्टेको योजना अघि बढाएको अपी-नाम्पा संरक्षण क्षेत्रका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

प्रत्येक घरमा पाँच/पाँच लाख रूपैयाँ खर्च गरी घर सजाउनुका साथै अन्य विभिन्न सामग्री खरिद र तालिम सञ्चालन गरिने रामको भनाइ छ । उनका अनुसार छनोटमा परेकालाई तालिम दिई भदौ असोजभित्रै होमस्टे सञ्चालन गरिने भएको छ ।

खार गाविसको दल्लेख, मार्मा क्षेत्रको प्रवेशद्वार तथा संरक्षण क्षेत्र दार्चुलाको पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । अपी-नाम्पा संरक्षण क्षेत्रले जिल्लाका २१ वटा गाविस समेटेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?