Comments Add Comment

विराटनगर आएका धार्मिक पर्यटक काठमाडौ आउन डराए

१२ साउन, काठमाडौ । धार्मिक भ्रमणका क्रममा विराटनगर आएका धार्मिक पर्यटकहरु काठमाडौ आउन डराएका छन् ।

चर्तुमासमा सहभागिता जनाउन चार दिनअघि नै विराटनगर आएका विभिन्न देशका धार्मिक पर्यटकहरु काठमाडौ आउन डराएका हुन् । चतुर्मासमा सहभागिता जनाउन भारतसहित १७ भन्दा बढी मुलुकबाट करिब १० लाख धार्मिक पर्यटक विराटनगर आउने पक्का भइसकेको छ ।

भारत राजस्थानका श्रीचन्द बेगवानी ३ महिनाको बन्दोबस्तीसहित विराटनगर आएका छन् । ८३ वर्षीया बेगवानीसँगै श्रीमती कमलादेवी र एक जना सहयोगी पनि छन् ।

नेपालमै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय चुतर्मासमा सहभागी हुन विराटनगर आएका उनलाई काठमाडौ जान भने डर लाग्छ, कारोबार दैनिकमा खबर छ ।

चतुर्मासमा सहभागी हुन चार दिनअघि आइपुगेका राजस्थानका हनुमान डाँगा र सागर मल वैद पनि विराटनगरबाटै फर्किने योजनामा छन् । उनीहरु दुई महिना विराटनगर बस्नेछन् । तर, नेपाल आइपुगेकाबेला पशुपतिनाथको दर्शन गर्ने उनीहरुको चाहना अधुरै रहने भएको छ ।

मुम्बईका गुलाफ चन्दले पनि काठमाडौ पुग्ने योजना त्यागेका छन् भने गुहावटीबाट स-परिवार विराटनगर आएकी अञ्जु लुनिया पनि काठमाडौ जाने रहर रहरमे सीमित राखेर फर्किदैछिन् । उनीहरुजस्ता हजारौं दर्शनार्थी चतुर्मासमा आउँदा पशुपति पुग्ने चाहना भए पनि वैशाख १२ को भूकम्पको त्रासदीले गर्दा काठमाडौ नआई फर्किने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment