Comments Add Comment

दुबईमा सुष्मालाई हेर्नचाही पाईन्छ

छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ,
उध्रेको चोली छ है तै पनि लाइन्छ…..

susma-karki-bikini-1

भन्दै आइटम डान्स प्रस्तुत गर्ने नायिका सुष्मा कार्की फिस्टेल कन्सर्टका लागि बुधबार बिहान दुबई ओर्लिसकेेकी छिन् । दुबईका नेपालीहरुलाई आफूसँगै नचाउँदै तताउने योजनाका दुबई आएको सुष्माको भनाई छ ।

आफूलाई दुबईका नेपालीहरुको माया चाहिएको धारणा राख्ने सुष्माले उध्रेको चोली हेर्ने मौका फेरि कहिले पाइन्छ र भन्दै दुबईबासीलाई नै प्रश्न गरिन् । ३१ जुलाईमा हुने कन्सर्टमा सहभागी हुने क्रममा सुष्मा दुबई पुगेकी हुन् ।

सुष्माको उध्रेको चोली हेर्न भने सीमित दर्शकहरुले मात्र पाउनेछन् । देरा दुबइको एसियाना फाइभ स्टार होटलको नाइट क्लबको भिआईपी तथा अत्याधुकि लाइटिङ सिस्टम रहेको मञ्चमा कार्यक्रम हुने भएपछि सीमित दर्शकहरु रहने आयोजक बिक्रान्त कार्कीले बताएका छन् ।

shusma-in-uae

कन्सर्टलाई भव्य रुपमा सम्पन्न गर्न अन्य कलाकारहरु दुबई आउने क्रम जारी छ । गायक सुगम पोखरेल र डान्सर आस्मा पाण्डे दुबई आउने कार्यक्रम छ । त्यसको भोलिपल्ट ३० जुलाइमा हाँस्य कलाकार निरु खड्का ‘निर्मली’ दुबई आउँदै छिन् भने नायक विष्णु कार्की सोही दिन कतारबाट यूएई भित्रिदै छन् ।

आगामी शुक्रबार साँझ दुबईको देरास्थित एसियाना होटलको नाइट क्लबमा आयोजना भइरहेको कन्सर्टमा नेपाली कला, संगीत, व्यंग्य, मोडलिङ क्षेत्रका कलाकारहरुको जमघट हुँदैछ । -रामप्रसाद ढुंगेल, दुबई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment