Comments Add Comment

कतार अवार्डमा केकी, नम्रता, प्रियंका, ऋचा र नन्दिताको भिडन्त(पूर्ण सूचीसहित)

richa-priyanka-and-namrata

नेपाल चलचित्र प्राविधिक संघले कतारमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि कुल ३३ विधाका नोमिनेशन सार्वजनिक गरेको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कुल ३३ विधा र पपुलर विधातर्फका ३ विधाका नोमिनेशन सार्वजनिक गरिएको हो ।

केही कलाकार र पत्रकारहरुको बाक्लो उपस्थितीमा गरिएको नोमिनेशन सार्वजनिक कार्यक्रममा बोल्दै जुरीका संयोजक नारायण पुरीले लामो छलफल र सुक्ष्म रुपमा चलचित्र हेरेपछि नोमिनेशन निकालिएको बताए । यस्तै, अर्का जुरी भरत शाक्यले नेपाली चलचित्रको विकास भएको बताउँदै लेखनमा अझै समस्या भएको बताए ।hero-and-heroin-in-nefta

richa-namrata-priyanka-and-

यस्तै, नेफ्टा अवार्डका संयोजक शिव पुरीले जुरीहरुले कुनै झन्झट नमानी चलचित्र हेरिदिएकाले आज यो संभव भएको बताए । चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले नेफ्टाले चलचित्र क्षेत्रको विकासका लागि नै यस्ता कार्यक्रम गर्दै आएको बताए ।
करिब ५० वटा चलचित्र जुरीहरु नारायण पुरी, करुण थापा, भरत शाक्य, रक्षा सिंह, विरेन्द्र हमाल र विशेष श्रेष्ठले हेरेका थिए । यो बर्षबाट नेफ्टा आदिवासी चलचित्रलाई पनि अवार्डमा समावेश गराएको छ । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँगको सहकार्यमा यो बर्ष कतारमा अवार्ड आयोजना हुनेछ ।

यो बर्ष उत्कृष्ट चलचित्रको विधामा ‘जेरी, कबड्डी, लज्जा, नोभेम्बर रेन र टलकजंग भर्सेस टुल्के’ ५ भित्र परेका छन् । यस्तै, उत्कृष्ट नायकको विधामा आर्यन सिग्दे, दयाहाङ राई, जिवन लुइटेल, खगेन्द्र लामिछाने र सौगात मल्लविच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट नायिकाको विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, नन्दिता केसी, प्रियंका कार्की र ऋचा शर्माविच भिडन्त हुने भएको छ ।jury-team-nefta

nefta-teamसम्पूर्ण विधाका चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment