Comments Add Comment

मेरो राजीनामाबारे एमालेले आशंका गर्‍यो : प्रधानमन्त्री कोइराला

Susil-koirala

१७ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो राजीनामाबारे सत्ता साझेदार नेकपा एमालेले अनावश्यक शंका गरेको बताएका छन् ।

संविधान जारी भएपछि सरकारको नेतृत्व छोड्ने भन्दै कोइरालाले भने-‘संविधान आओस् म छोडिदिन्छु । यसमा शंकै नगर्नुस् ।’ एमालेका तर्फबाट अनावश्यक शंका गरिएको कोइरालाको भनाइ रहेका कोइरालाको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेछ ।

उद्योगी व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक संविधान आउनु पर्ने भन्दै जस्तो तस्तोले नहुने बताए ।

साथै उनले संघीयताको रेखांकन गरेर मात्र संविधान जारी गर्नु पर्ने बताए । कोइरालाले भने-‘संघीयताको रेखांकन गरेर जानु पर्दछ । यसपछि समाजमा हार्मोनी आउँछ ।’

उद्योगीहरुको तीनवटै संस्थाको प्रतिनिधि मण्डलले संविधानमा उल्लेखित समाजवादले आर्थिक विकासको क्षेत्रमा लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई तर्साएको उल्लेख गरे । निजी क्षेत्रले ऐनमा व्यवस्थित गर्नु पर्ने श्रमिकका हक अधिकारका कुराहरु संविधानमा व्यवस्थित गर्नाले उद्योगी र व्यवसायिहरुको पूँजी मात्र नभई आफैं पनि पलायन हुनु पर्ने अवस्था आउने उनीहरुको भनाइ थियो ।

जवाफमा प्रधानमन्त्री कोइरालाले मजदूरहरुलाई अनुशासनमा राख्न नसक्दा उद्यमीहरुले दुःख पाएको बताए । ‘उनीहरुलाई पनि सिकाउनु पर्‍यो, मजदूरहरुले काम पाउनका लागि पनि त मालिकले लगानी गर्ने र कल कारखाना चल्ने अवस्था त कायम हुन पर्‍यो’ उनले भने-फेरि कल कारखाना चलाउन उनीहरु पनि चाहिन्छ ।’

कोइरालाले अधिकारका नाममा हुने तोडफोड, बन्द, हडतालले मजदूरहरु नै वेराजगार बन्ने कुरा पनि सम्झाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment