Comments Add Comment

कुन बैंकको चुक्ता पुँजी कति ? आठ अर्ब पुर्‍याउन कति थप्नु पर्ने ?

bank-cartoon१८ साउन, काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था गरेपछि बैंकका प्रवर्द्धक, सञ्चालक र उच्च व्यवस्थापकहरुलाई त्यसको व्यवस्थापन टाउको दुखाई भएको छ ।

राष्ट्र बैंकले दिएको दुई वर्षको समयमा पुँजी वृद्धि गर्न नसकिने भन्द नेपाल बैंकर्स संघले सो अवधिलाई पाँच वर्ष पुर्‍याउन सुझाव दिइसकेको छ । संस्थागत र व्यक्तिगतरुपमा अन्य संघ संस्थाहरुले पनि २०७४ सम्ममा तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन नसक्ने बताउँदै आएका छन् ।

मुलुकमा हाल ३० वटा वाणिज्य बैंक सञ्चालनमा छन्, उनीहरुको न्यूनतम चुक्ता पुँजी सवा एक खर्ब छ । यही संख्यामा रहने हो भने आगामी दुई वर्षभित्र वाणिज्य बैंकहरुले खर्ब बढी चुक्ता पुँजी थप्नु पर्ने छ ।

आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीतिमा २०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब हुनुपर्ने व्यवस्था गर्‍यो । यसअघि वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो ।

अहिले नै दुइ सरकारी बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको मात्रै चुक्ता पुँजी ८ अर्ब बढी छ । अर्को सरकारी बैंक नेपाल बैंकको चुक्ता पुँज ६ अर्ब ४६ करोड रुपैयाँ छ । निजी क्षेत्रद्धारा प्रवर्द्धित बैंक ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट, नविल, हिमालयन, एसबिआइ र प्रभू बैंकको छ ।

यी बैंकहरु मर्जरमा नगई आफ्नै स्रोतबाच चुक्ता पुँजी बढाउन सक्ने हैसियतमा छन् । अन्य बैंकहरु मर्जर वा एक्वायरमा गएर मात्रै पुँजी पुर्‍याउन सक्ने देखिएको छ । रिजर्भ बलियो भएका बैंकले अन्य संस्था गाभेर जानसक्ने भए पनि कम पुँजी र कम रिजर्भ भएका बैंकहरुको भनो नाम निसाना हराउने भएको छ ।

बैंक चुक्ता पुँजी अठ अर्ब पुर्याउन थप्नु पर्ने पुँजी
नेपाल बैंक ६ अर्व ४६ करोड १ अर्ब ५४ करोड
राष्ट्रिय वाणिज्य बैंक ८ अर्ब ५८ करोड थप्नु नपर्ने
कृषि वकास बैंक ९ अर्ब ६३ करोड थप्नु नपर्ने
नबिल बैंक ३ अर्ब ६५ ४ अर्ब ३५ करोड
इन्भेष्टमेन्ट बैंक ४ अर्ब ७७ करोड ३ अर्ब २३ करोड
स्टान्डर्ड चाटर्ड बैंक २ अर्ब २४ करोड ५ अर्ब ७६ करोड
हिमालयन बैंक ३ अर्ब ३३ करोड ४ अर्ब ६७ करोड
नेपाल एसबिअाइ बैंक ३ अर्ब ५ करोड ४ अर्ब ९५ करोड
नेपाल बंगलादेश बैंक २ अर्ब ४३ करोड ५ अर्ब ५७ करोड
एभरेष्ट बैंक २ अर्ब १३ करोड ५ अर्ब ८७ करोड
बैंक अफ काठमाण्डू २ अर्ब १२ करोड ५ अर्ब ८८ करोड
एनसीसी बैंक २ अर्ब १ करोड ५ अर्ब ९९ करोड
कुमारी बैंक २ अर्ब ४३ करोड ५ अर्ब ५७ करोड
लक्ष्मी बैंक २ अर्ब ३३ करोड ५ अर्ब ६७ करोड
सिद्वार्थ बैंक २ अर्ब ३ करोड ५ अर्ब ९८ करोड
सिटिजन्स बैंक २ अर्ब ५५ करोड ५ अर्ब ४५ करोड
प्राइम बैंक ३ अर्ब १४ करोड ४ अर्ब ८६ करोड
सनराइज बैंक २ अर्ब २३ करोड ५ अर्ब ७७ करोड
ग्राण्ड बैंक २ अर्ब ६ अर्ब
एनएमबी बैंक २ अर्ब ४० करोड ५ अर्ब ६० करोड
जनता बैंक २ अर्ब ६ करोड ५ अर्ब ९४ करोड
मेगा बैंक २ अर्ब ६० करोड ५ अर्ब ४० करोड
सेञ्चुरी बैंक २ अर्ब १२ करोड ५ अर्ब ८८ करोड
सानिमा बैंक २ अर्ब ५५ करोड ५ अर्ब ४५ करोड
माछापुछ्रे बैंक २ अर्ब ७७ करोड ५ अर्ब १३ करोड
एनअइसी एसिया बर्ंक २ अर्ब ६ अर्ब
ग्लोबल अइएमर्इ बैंक ५ अर्ब १ करोड २ अर्ब ९९ करोड
सिभिल बैंक २ अर्ब ८८ करोड ५ अर्ब १२ करोड
लुम्बिनी बैंक २ अर्ब ६५ करोड ५ अर्ब ३५ करोड
प्रभू बैंक ३अर्ब २० करोड ४ अर्ब ८० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment