Comments Add Comment

ललितपुरका कृष्णबहादुरको कंकाल दाङमा भेटियो

निमुसंगम घर्ती
१८ साउन, घोराही । दाङको देउखुरीस्थित एक जंगलमा मानव कंकाल भेटिएको छ । लमही नगरपालिका ५ अर्नहवास्थित चप्पर खोला सामुदायीक वन क्षेत्रमा मानव कंकाल भेटिएको इलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गदेखि तीन किलोमिटर उत्तर चुरेफेदीमा भेटिएको कंकाल माल्टा गाविस ९ ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिए । घर्ती गत असार २८ गते अर्नहवा ससुराली आएको समयमा हराएका थिए ।

च्याउ खोज्न जंगल गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घर्तीले लगाएको कपडाको आधारमा आफन्तहरुले कंकालको पहिचान गरेका हुन् । घर्ती मानसीक रोगी भएको आफन्तले प्रहरीलाई बताएका छन् ।

एक वर्षको अवधिमा देउखुरीमा यो सँगै चार वटा मानव कंकाल फेला परिसकेको छ । दुई वटा कंकालको पहिचान भैसकेको र दुई वटाको अझै पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । सबै घटनाबारे अनुसन्धान भैरहेको लमहीका प्रहरी प्रमुख शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment