Comments Add Comment

छोरी छोडेर हिँड्दा धुर्मुस-सुन्तलीलाई सकस

छोरी सुबिहानी
छोरी सुबिहानी

काठमाडौं । तस्बिरमा देखिएकी रहरलाग्दी नानी हुन् सुविहानी । ‘सुन्तलीले बिहानै पाएकी’ भनेर उनका बुवा सिताराम कट्टेलले सुबिहानी नाम जुराएका हुन् ।

१६ महिनाकी सुविहानीलाई ठूलोममीको जिम्मामा छोडेर धुर्मुस र सुन्तली भुकम्पप्रभावित क्षेत्रमा हिँडेको हिँड्यै छन् । ‘पछिल्लो ८० दिनमा जम्मा एकचोटी छोरीसित भेट भयो,’ धुर्मुस भन्छन्, ‘मैले त जन्मेदेखि नै धित मर्ने गरी छोरी खेलाउनै पाएको छैन ।’

छोरी तीन महिनाकी भएदेखि नै कुञ्जनाले छोरी छोडेर हिँड्न थालेकी हुन् । छोरीले सानैदेखि आमाको दुध नखाएकाले छोडेर हिँड्न सजिलो भएको उनी बताउँछिन् ।
‘दुध खाने भएको भए यसरी हिँड्न सम्भव हुँदैनथ्यो होला, तर यसले सानैदेखि मेरो दुध खान मानिन,’ कुञ्जना भन्छिन् ।

कट्टेल दम्पत्ति हालै काभ्रेमा ‘धुर्मुस सुन्तली एकिकृत नमूना बस्तिको निर्माण र हस्तान्तरण’ गरी चर्चामा छ । काभ्रेबाट फर्किने तयारीमा रहेका उनीहरुलाई कहिले घर पुगेर छोरी खेलाउँ जस्तै भएको होला ।

धुर्मुस भन्छन्, ‘मलाई साह्रै पछ्याँछे छोरीले । तोते स्वरमा बाबा बाबा भनेको सुन्दा खुशीले हुरुक्क हुन्छु ।’ छोरीलाई समय दिन नसकेकोमा भने उनलाई ठूलो अफशोस हुन्छ ।

सुरु-सुरुमा मलाई औधी गाह्रो हुन्थ्यो । पहिलोचोटी उसलाई छोडेर विदेश जाँदा त एयरपोर्टमा ग्वाँग्वाँ रोएँ ।

‘छोरीले चाहिँ कत्तिको बुवाआमा खोज्छिन् त ?’ भन्ने प्रश्नमा कुञ्जना भन्छिन्, ‘उ पनि बानी परिसकी । मसित भन्दा ठूलोमम्मीसित बढि झ्याम्मिन्छे । मेरो दिदी र भिनाजूले उसलाई हामीले भन्दा राम्ररी स्याहारेर राख्नुभएको छ ।’

‘सुरु-सुरुमा मलाई औधी गाह्रो हुन्थ्यो । पहिलोचोटी उसलाई छोडेर विदेश जाँदा त एयरपोर्टमा ग्वाँग्वाँ रोएँ । म केहि दिनको लागि छोड्दा त यस्तो हुन्छ, साना छोराछोरीलाई हजुरबाहजुरआमाको जिम्मा लगाएर रोजगारीका लागि विदेश भासिने बुवाआमाहरुले कसरीसहनुहुन्छ होला ?’

dhurmus-and-sunti

कट्टेल दम्पत्तिका अनुसार सुबिहानी साह्रै ज्ञानी छिन् । ‘ज्ञानी छे के भन्नु, महाज्ञानी छे । न खानेकुरा खुवाउँदा दुख दिन्छे, न सुताउँदा,’ उनीहरु भन्छन् । कुञ्जनाका अनुसार उनकी छोरीलाई कहिल्यै झोलुंगो वा काखमा हल्लाएर सुताउनु परेको छैन ।

‘उसलाई अलि ठूलो ओछ्यान चाहिन्छ । गोरुले पराल दाउनी गरेजस्तै गरी फनफनी घुम्छे र निदाउँछे,’ उनले भनिन् ।

धुर्मस ठट्टा गर्दै भन्छन्, ‘सायद बुवाआमाको कर्मलाई बुझेरै धर्तीमा आएकी हो । अहिले हामीले गरेको कामले ठूली भएपछि म पनि नाक फुलाउन पाउँछु भनेर होकि ?’

घरबाट निकस्ने बेलामा भने उनीहरुलाई निकै मुस्किल पर्छ । बुवाआमाले लुगा फेर्न थालेको देख्नासाथै छोरीले पछ्याउन थाल्छिन् । ‘उसलाई झुक्याएर फुत्त भाग्नुपर्छ,’ कुञ्जनाले भनिन्, ‘हामी हिँडिसकेपछि चाहिँ धेरै दुख दिन्न रे ।’

हास्य श्रृंखला मेरी बास्सैमा सहकार्य गर्दागर्दै प्रेममा परेको यो जोडी २०६५ सालमा बिवाहवन्धनमा बाँधिएका थिए । बिहे गरेको ४ वर्षपछि २०७० फागुनमा कुञ्जनाले सुविहानीलाई जन्म दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment