२ भदौ, काठमाडौं । सीमांकनमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा बसेको प्रमुख चार दलका शीर्ष नेताहरुको बैठकबाट प्रधानमन्त्री रिसाएर हिँडेका छन् ।
सम्वाद समिति अन्तरगतको विशेष समिति बैठकमा एमाओवादीले कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशलाई नै साझा प्रस्ताव बनाउने प्रस्ताव गरेको थियो ।
यसमा एमालेका साथै्र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सकारात्मक देखिएका थिए । सुदूरपश्चिम अखण्ड हुने भएपछि कांग्रेस नेता शेरबहादुर देउवा समेत एमाओवादीको प्रस्तावमा नरम देखिएको स्रोतले बताएको छ ।
तर, कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले मलाई झुक्याएर हस्ताक्षर गराएका हुन् भन्दै रिसाएर बैठकबाट बाहिरिएका छन् ।
कोइराला हिँडेपछि सहमतिको प्रयास विफल भएको छ भने अर्को बैठक पनि अनिश्चित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4