Comments Add Comment

सामसुङले भित्रायो मिड रेञ्जको ट्याबलेट, यस्ता छन् फिचर

Gyalexy Tab E

चर्चित कोरियन स्मार्टफोन निर्माता सामसुङले नयाँ मोडलको ट्याबलेट नेपाली बजारमा भित्राएको छ । मध्यमवर्गीय नेपालीलाई लक्षित गर्दै भित्राइएको ‘ग्यालेक्सी ट्याब ई’मा ९.६ इञ्चको डिस्प्ले रहेको छ ।

नेपाली बजारमा यसको मूल्य २७ हजार ९ रुपैयाँ तोकिएको छ । आकर्षक डिजाइनमा रहेको ‘ट्याब ई’ पावरफुल भएको कम्पनीको दाबी छ । यो ९.५ मिलिमिटर मोटाई रहेको ट्याबलेटको ४९५ ग्राममात्र तौल रहेको छ ।

क्वार्डकोर १.३ गीगाहर्ज प्रोसेर, ओएस एन्ड्रोइड ४.४ अपरेटिङ सिष्टम, १.५ जीबी र्‍याम लगायतका कारण ट्याब उच्च गतिमा चलाउन सकिने छ ।

Samsung Galaxy Tab E (1)

यसको मूख्य क्यामेरा ५ मेगापिक्सेल रहेको छ भने सेकेन्डरी क्यामेरा २ पिक्सेल रहेको छ । क्यामेराको मूख्य विशेषताको रुपमा कन्टिन्युस र वान सट मोड रहेको छ ।

टुजी र थि्रजी नेटवर्क रहेको ट्याब ईमा ८ जीबी स्टोरेज रहेको छ । जसलाई माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिने छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले गर्दा लामो समयसम्म ट्याबलेट चलाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment