Comments Add Comment

बेल्जियममा एनआरएन चुनावको माहोल तातियो

nrna_logo_latest-6 (1)बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमको पाँचौ महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ नेतृत्वका दावेदारहरु चुनाव प्रचारको अन्तिम चरणमा छन् ।

नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समावेशी प्यानल र प्रगतिशिल प्यानलका अलग अलग उम्मेदवारहरु मैदानमा छन् । प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।

एनआरएन बेल्जियमको अध्यक्षका लागि लोकतान्त्रिक प्यानलबाट गंगाधर गौतम र अर्को प्यानलबाट सरु चापागाई मैदानमा छन् । त्यस्तै महासचिवमा लोकतान्त्रिक प्यानलबाट लोक दाहाल र बामपन्थी प्यानलबाट यमु निरौला प्रतिस्पर्धामा छन् ।

२१ सदस्यीय कार्य समिति र दुई जना आइसिसी सदस्यका लागि आइतवार बेल्जियमका बिभिन्न बुथमा मतदान हुनेछ । आइसिसी सदस्यका लागि लोकतान्त्रिक समूहबाट चिजकुमार श्रेष्ठ र नेत्र मगर प्रतिस्पर्धामा छन् ।

त्यस्तै बामपन्थी प्यानलबाट गोपाल सिम्खडा र किसन केसी प्रतिस्पर्धामा छन् । दुवै पक्षले बेल्जियममा कामजविहीन नेपालीको पक्षका काम गर्ने र नेपालमा बिभिन्न परियोजना चलाउने नारा अघि सारेका छन् ।

भूकम्प लगत्तै नेपालमा २ करोड ५० लाख बढिको परियोजना धादिङमा सन्चालन गरेका महासचिव उम्मेदवार लोक दाहालले आफ्नो प्यानलले जितेमा गैरआवासीय नेपालीका समस्या समाधानमा पहल गर्ने र नेपालमा पर्यटन प्रबर्द्धन तथा भूकम्पपछिको पुननिर्माणमा सघाउने बताए ।

बामपन्थी प्यानलकी अध्यक्ष उम्मेदवार सरु चापागाईले आफ्नो प्यानलले जितेमा गैर आवासीय नेपालीको समस्या समाधानमा भूमिका खेल्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment