Comments Add Comment

एनआरएन यूएईको नेतृत्व हत्याउन कार्की र न्यौपानेको रस्साकस्सी

UAE-NRNरामप्रसाद ढुंगेल

दुबई । सेप्टेम्बर ४ जतिजति नजिकिदै छ, एनआरएनको छैठाैं अधिवेशनको चर्चा उतिउति उत्कर्षमा पुगिरहेको छ । एनआरएनए यूएईको भावी अध्यक्षका प्रत्यासी सुदीप कार्की र लेखनाथ न्यौपाने यो साताको हटकेट बनेका छन् । यी मध्येबाटै एनआरएनको अध्यक्षमा छनोट हुने भएका कारण यहाँको नेपाली समुदायमा दुई प्रत्यासीको विषयमा चर्चा, चासो र उत्सुकता बढेर गएको छ ।

एनआरएन यूएईका पदाधिकारी तथा अधिवेशन प्रतिनिधिहरु, राजनीतिक दलका नेपा तथा सामाजिक क्षेत्रमा क्रियाशील नेपालीहरु यी दुईमध्ये एकको पक्ष र विपक्षमा खुलेरै लागेका छन् । सामाजिक सञ्जालभरि आरोप र प्रत्यारोपको दोहोरी सुरु भएको छ ।

कार्की र न्यौपाने दुबै जना नेपालीहरुका लागि नयाँ अनुहार नभए पनि एनआरएन अभियानमा लगभग ओझेलमा परेका कारण सामाजिक क्षेत्रमा यी दुई लगायत अन्य उम्मेद्वारहरुको चर्चा चुलिदै ग्ाएको छ । सामाजिक क्षेत्रमा नाम नसुनिएका व्यक्तिहरुका कारण पनि एनआरएनको लिगलिगे दौडमा सामेल भएका कारण सर्वसाधारणमा अन्योलता पनि उत्तिकै छाएको छ ।

यद्यपि, रास अल खेमामा रहेर पनि विगत ११ वर्षदेखि सामान्य श्रमिकहरुका हरेक सुखदुःखमा साथ दिँदै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, युएईका धेरै गतिविधिमा तुलनात्मक रुपमा सुदीप कार्की अग्रपंक्तिमा देखिएको जानकारहरु बताउँछन् । सामान्य लेबर भिसामा यूएई आएर ११ वर्षको अन्तरालमा एक इन्भेस्टमेन्ट कम्पनीको ब्रान्च मेनेजर भएर काम गरिरहेका कार्कीले आफूलाई मजदूरहरुको पक्षमा काम गर्ने बताइरहेका छन् । एनआरएनलाई यूएईका श्रमिकहरुको संगठनका रुपमा परिचित गराई सामान्य नेपालीहरुको पहुँचमा संघलाई पुर्याउने कार्कीको दाबी छ ।

उता, निवर्तमान सचिवको भूमिकामा रहेका लेखनाथ न्यौपाने सरल, अनुशासित, इमानदार र मृदुभाषीका रुपमा परिचित छन् । तर दुई वर्षे कार्यकालमा केवल दुई पटकमात्र बैठकमा सहभागी भएको भनी विपक्षीहरुले उनलाई दुई वर्ष निष्त्रिmय रहेको आरोप लगाएका छन् । यद्यपि, समझदार र एनआरएनको गरिमालाई उच्च राख्न सक्ने व्यक्तित्वको रुपमा एमाले पक्षधरहरुले न्यौपानेको पक्षमा जनमत बटुल्दै गएका छन् । अध्यक्षका प्रत्यासीहरुले घोषणापत्र नै सार्वजनिक गरिसकेका छन् ।

यता, कार्कीले युएईमा रहेका बिभिन्न सामाजिक संस्थाहरु नेपाली समाज, राजनैतिक दलहरु, जिल्लागत संघसंस्थाहरु, जनजाति महासंघ, पत्रकार महासंघ लगायतका सम्पूर्ण संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपाली श्रमिकहरुको बृहत्तर हितको लागि अघि बढ्ने प्रतिज्ञा गरेका छन् ।

एनआरएनका मध्यपूर्व संयोजक चन्द्रबहादुर रोकाहाले केही समयअघि रास अल खेमामा बिचल्लीमा परेका ६ जना नेपालीहरुलाई उद्दार गर्ने सिलसिलामा कार्कीले आफ्नो जागिरलाई धरापमा राख्दै स्थानीय प्रहरीमा आफ्नो पासपोर्ट धरौटी राखेकोमा एनआरएनका लागि योग्य व्यक्ति कार्की रहेको बताएका छन् । कार्कीले ती पीडित नेपालीहरुलाई नेपाल फर्काउन कार्की सफल भएका थिए ।

कार्कीले आगामी कार्यकालको नेतृत्वमा आउन सकेको खण्डमा दुबईमा कन्सुलेट स्थापना गर्ने, एनआरएनलाई सामान्य मजदुरसमक्ष पुर्याउने, कल्याणकारी कोषलाई प्रभावकारी ढंगले परिचालन गर्ने , अघिल्ला कार्यसमितिले सुरु गरेका अधुरा कामहरु पूरा गर्ने लगायतका ८ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment