Comments Add Comment

अढाई सयमा युटिएलको ५६ दिन अनलिमिटेड इन्टरनेट

१४ भदौ, काठमाडौं । नेपालीको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले आकर्षक इन्टरनेट डाटा प्याकेज ल्याएको छ ।

UTL_Logo1प्याकेजअन्तर्गत २ सय ५० रुपैयाँ तिरेर ५६ दिनसम्म अनलिमिटेड इन्टरनेट चलाउन पाइने छ । भदौ १५ गतेदेखि असोज ८ गतेभित्र युटिएलको डाटा प्याक सिम किनेर अनलिमिटेड इन्टरनेट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार असोज ९ गतेदेखि यो डाटा प्याक स्वतः नियमित इन्टरनेट सेवामा परिणत हुनेछ । नियमित सेवामा ग्राहकहरुले मासिक ५ सय ६५ रुपैयाँ तिरेर अनलिमिटेड इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सस्तो डाटा प्याक नयाँ सिममा मात्रै लागू हुनेछ । यस अघिका प्याकेजमा यो योजना लागू नहुने कम्पनीले जनाएको छ । भदौ १५ गते डाटा प्याक लिनेले ५६ दिन र असोज ८ गते सिम किन्नेले ३२ दिनसम्म सस्तो इन्टरनेट चलाउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment