Comments Add Comment

जान्नुहोस् शोभा त्रिपाठीका ५ गोप्य कुरा

Sobha tripathi
लोकगायिका, मोडल र कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छिन् शोभा त्रिपाठी । टेलिभिजन कार्यक्रम प्रस्तोता हुादै मोडलिङमा प्रवेश गरेकी शोभाले अनलाइनखबरको ‘पााच गोप्य कुरा’ अन्तर्गत आफ्ना केही गोप्य कुरा शेयर गरेकी छिन् । यो स्तम्भ हरेक सोमवार प्रकाशित हुन्छ । आउनुहोस् जानौ शोभाका ५ गोप्य कुरा :

१. म सँग तीनवटा मोबाईल छ । आईफाइभ एस बोकेर हिड्छु । प्रायसँग कुराकानी आईफाइभवाटै गर्छु । अर्को छ सामसुङ फोजी एस । प्राय फोटो खिच्ने कार्यक्रम छ भने त्यो बोक्छु । अर्को गीत सुन्नका लागि मात्रै प्रयोग गर्छु ।

२. जीवनमा दुई पटक दुर्घटनामा परें । पहिलो पटक भर्खर स्कुटर किनेको थिए राम्ररी चलाउन आउदैन थियो । रोकिराखेको गाडीमा आफैले स्कुटी लगेर ठोके । दोस्रो पटक हिलोमा लड्दा खुट्टामा रगत जम्यो, धेरै दिनसम्म आराम गर्नुपर्‍यो ।

३. चार जना मिल्ने साथीहरुसँग बोलचाल बन्द गरें। पहिला मैले काम गरेको अफिसका ३ जना र कलेजका १ गरि चार जनाले मेरो मन दुखाएका छन् । अहिले उनीहरुसँग भेट हुादा पनि म बोल्दिन ।

४. कलेज पढ्न सुरु गर्दा ठूलै बिरामी भएँ । धेरै औषधी खानु पर्‍यो । त्यतिवेला म यती दुब्लाएँ कि घरका मान्छेले समेत झण्डै नचिनेका ।

. पहिलो पटक राष्ट्रिय नाँचघरमा एकल सााझ कार्यक्रम प्रस्तुत गर्दा १८ हजारमा किनेको मोबाइल सेट चोरी भयो, सो समयमा निकै रोएँ । घटना ०६५ सालको थियो, मोबाईल सेट अघिल्लो दिन मात्रै किनेको थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment