Comments Add Comment

दमननाथ र पद्मरत्नको अपीलः फौजी कारवाही होइन, राजनीतिक समाधान खोज

Daman-nath-And-Padma-ratna

१६ भदौ, काठमाडौं । दमननाथ ढुंगाना, पद्मरत्न तुलाधरसहितका नागरिक अगुवाहरुले देशका विभिन्न स्थानमा भएको आन्दोलनको फौजी नभई राजनीतिक निकास खोज्न सरकारलाई अपील गरेका छन् । साथै आन्दोलनकारीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न र आन्दोलनलाई नियन्त्रणभन्दा बाहिर जान नदिन आग्रह समेत गरेका छन् ।

दमननाथ ढुगांना, डा. सुन्दरमणि दीक्षित, खगेन्द्र संग्रौला, मल्ल के सुन्दर, सीके लाल, डा. ओम गुरुङ लगायतको तर्फबाट पद्मरन्त तुलाधरको हस्ताक्षसहित जारी अपीलमा जारी आन्दोलनहरूका राजनीतिक कारण भएको भन्दै ‘फौजी कारवाही गरेर होइन, राजनीतिक प्रतिबद्धता प्रदर्शन गरेर राजनीतिक समाधान खोज्न’ आग्रह गरिएको छ ।

साथै विगतमा भएको सहमति कार्यान्वयनको प्रतिवद्धता जनाएर वार्ताको वातावरण बनाउन र अधिकतम संयम अपनाई जथाभावी बल प्रयोग नगर्नका सार्वजनिक प्रतिबद्धता जाहेर गर्न आग्रह गरिएको छ । तराई मधेसका विभिन्न क्षेत्रमा खटाइएका सशस्त्र बललाई फिर्ता बोलाउन पनि नागरिक समाजका अगुवाहरुले सरकारलाई सुझाव दिशउका छन् ।

संविधानसभाबाट संविधान छिटो जारी होस् भन्ने सबै नेपाली जनताको चाहना भएको तर, हतार गर्ने नाममा आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिलाई नसमेटी जारी गरिने संविधान दीर्घकालीन द्वन्द्वको बीऊ हुने विज्ञप्तिमा उल्लेख छ ।

मस्यौदा संविधान जारी हुनुअघि नै नागरिक समाजका अगुवा र बुद्धिजीविहरूले दलित, महिला, जनजाति, मधेसी, र अल्पसंख्यकका हकअधिकार सुनिश्चित नगरी ल्याइएको संविधानले द्वन्द्व सृजना गर्नेतर्फ बारम्बार ध्यानाकर्षण गराए पनि सचेत खबरदारीलाई अन्देखागर्दै खेलाँचीपूर्ण ढंगले मस्यौदा संविधान जारी गरिएको उनीहरुको आरोप छ ।

प्रदेशहरु बनाउँदा गम्भीरता नदेखिएको भन्दै अपीलमा भनिएको छ-शसुर्खेतमा भएको आन्दोलनमा ३ जनाले ज्यानगुमाएपछि थारु र मधेसीका आन्दोलनलाई अन्देखा गर्दै सात प्रदेशको खाका सहितको संघीयता अघि सारियो । हेलचेक्र्याईं र गल्तीको यस्तो पुनरावृत्ति नेपाली जनतामाथिको ठट्टा सिवाय केही होइन ।’

कैलालीको टीकापुर घटना दुःखद भएको तर, असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्नुको प्रतिशोध लिने ढंगले प्रहरीबाट आन्दोलनकारीमाथि दमन भएको नागरिक समाजका अगुवाहरुको आरोप छ । ‘साटो सुरक्षा संयन्त्रहरूबाट बढी बल प्रयोग गराई थप नेपाली जनताको ज्यानलिने उद्यमजारी राखिनु आपत्तिजनक छ’ अपीलमा भनिएको छ-‘प्रहरीबाट बिरगञ्ज र जनकपुरलगायतका ठाउँमा भएको बल प्रयोगको शैली पनि उत्तिकै आपत्तिजनक छ ।’

नागरिक समाजका अगुवाहरुले आफ्ना राजनीतिक मागहरू राखेर गरिने आन्दोलन शान्तिपूर्ण बनाउन आन्दोलनकारीहरुलाई आग्रह गरेका छन् ।आन्दोलनको नेतृत्व खुला र स्पष्ट हुने गरी अगाडी आएर आन्दोलनलाई आफ्नो नियन्त्रणभन्दा बाहिर जाननदिन र अवाञ्छित घुसपैठ भएको सन्देह फैलिन नदिनका लागि उनीहरुले अपील गरेका छन् ।

नागरिक समाजका अगुवाहरुले आन्दोलनहरूको चुस्त निगरानी गरेर दुवै तर्फलाई संयमित हुन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेृका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment