+
+
Shares

अपर त्रिशुली–३ ‘बी’ आयोजनास्थल पहिरोको लेदोले पुरियो, उद्धारमा कठिनाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको अपर त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ ।
  • उर्जा मन्त्रालयका अनुसार घटनास्थल अत्यन्त कठिन र जोखिमपूर्ण भएकाले उद्धार र पहुँच निर्माणको काम चुनौतीपूर्ण बनेको छ ।
  • मन्त्रालयले हेलिकप्टरबाट हवाई निरीक्षण र उपकरण पुर्‍याएर उद्धार तथा खोजी कार्य निरन्तर अघि बढाइरहेको जनाएको छ ।

१२ भदौ, काठमाडौं । नुवाकोटमा रहेको अपर त्रिशुली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार घटनास्थल अत्यन्त कठिन र जोखिमपूर्ण अवस्थामा छ ।

मन्त्रालयका अनुसार क्याम्प क्षेत्र पहिरोको लेदोले पुरिएपछि उद्धार तथा घटनास्थलसम्म पहुँच स्थापना गर्ने काम चुनौतीपूर्ण बनेको छ । जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धार तथा पहुँच निर्माणको काम निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ ।

घटनास्थलको अवस्था बुझ्न हेलिकप्टरबाट पटक–पटक हवाई निरीक्षण भइरहेको र निरीक्षणबाट प्राप्त अवस्थाका आधारमा उद्धार तथा खोजी कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उद्धार तथा पहुँच स्थापनाका लागि आवश्यक उपकरणसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्‍याएर काम सुरु गरिएको छ । आयोजनाले मानवीय उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै सबैको सुरक्षित उद्धार नभएसम्म प्रयास जारी रहने जनाएको छ ।

घटनाको संवेदनशीलतालाई ध्यान दिँदै आयोजनाले अपुष्ट सूचना र हल्लाको पछि नलाग्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?