Comments Add Comment

बुधबारका टप १० समाचारः तपाईले छुटाउनु भयो कि ?

आज बुधबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. ओली र प्रचण्डको गोप्य वार्ता, थारुलाई सम्बोधन गर्नु पर्ने एमाओवादी निष्कर्ष

Prachanda-Kp-oli

गतिरोध अन्त्यको प्रयासमा एमाले र एमाओवादी नेतृत्वबीच बबरमहलको एक निजी घरमा गोप्य वार्ता भएको छ । थारु लगायतलाई सम्बोधन नगरी अघि बढ्न नहुने निष्कर्षमा पुगेको एमाओवादी नेतृत्व सत्तारुढ कांग्रेस र एमालेलाई मनाउने प्रयासमा छ ।

२. उपेन्द्र र अशोकको पत्रकार सम्मेलन, भन्छन्, आन्दोलन उत्कृर्षमा पुग्दैछ

मंगलबार काठमाडौं आए संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेता अशोक राईसहितलाई राखेर पत्रकार सम्मेलन गरे । तर, सरकार र आन्दोलनकारीबीच वार्ता हुन कुनै सकेत गरेनन् । बरु आन्दोलन निष्कर्षमा पुग्न लागेको विश्लेषण सुनाए ।

३. गच्छदारले खोले नयाँ मोर्चा, तीन दललाई धक्की

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट निकालिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नयाँ मधेसी मोर्चा बनाएका छन् । उनले तीन दललाई अल्टिमेटम मात्र दिएनन्, संविधानसभा छाड्ने चेनावनी दिएका छन् ।

४. ओली बाणीः आन्दोलनमा जनता छैनन्, पार्टी कार्यालय जलाउने आए ‘सम्झाएर’ पठाए

Kp-oli-At-Press-Meet

एमाले अध्यक्ष केपी ओली अहिले भइरहेको आन्दोजनमा जनता सहभागी नभएको दाबी गरेका छन् । साथै उनले दुई चार जना हुल्याह पार्टी कार्यालय जलाउन आए ठेगान लगाएर पठाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

५. मधेस बन्दको करामतः कालीमाटीमा तरकारी सस्तियो

सीमांकनको विरोधमा भएको आन्दोलनले मधेसको जनजीवन निकै कष्टकर भएको छ । तर, काठमाडौंको कालीमाटी तरकारी बजारमा भने आन्दोलनकै कारण तरकारी सस्तिएको व्यवसायीहरु बताउँछन् ।

६. फेसबुक स्टाटसले आङकाजीलाई पुर्‍यायो थानामा

जनजाति नेता आङकाजी शेर्पा समाजिक सञ्जालमा आक्रमक रुपमा प्रस्तुत हुन्छन् । तर, बुधबार त्यही कारणले उनलाई प्रहरी हिरासतमा पुर्‍याएको छ ।

७. एमआरपी छिट्टै बनाउनुस्, हस्तलिखित चल्दैन

यदि तपाईसाग हस्तलिखित राहदानी छ भने छिट्टै मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउनुस् । मंसिरपछि हस्तलिखित चल्दैन ।

८. अम्बली अमिरलाई कान्छो छोराले रोके

बलिउड स्टार शाहरुख खान र अमिर खान अम्मली मानिन्छन् । तर, अमिरलाई उनकै कान्छा छोराले अबरोध गरेका छन् ।

९. दीपाश्रीको पहिलो चुम्बन र डेटिक

अनलाइनखबरको स्तम्भ पहिलो अनुभवमा यो पटक दीपाश्री निरौला छिन् । उनले आफ्नो पहिलो चुम्बनदेखि डेटिङसम्मको अनुभव शेयर गरेकी छन् । उनी भन्छिन्-भदौ महिना मेरो लागि विशेष हो ।’

१०. फोटोकपी गरेर नक्कली नोट, अभियुक्त भन्छन्-उमेर नै यस्तो रहेछ

Nakkali-Note

चोरका अनेक दाउ हुन्छन् । एक युवकले रंगिन फोटोकपी मेसिनबाट हजारका नोट फोटो कपी गरेर छिट्टै धन कमाउने प्रयास गरेका छन् । तर, उनी प्रहरी फन्दामा परेका छन् ।

र, यो पनि,

शिवसेनाको अफरः पाँच बच्चा जन्माऊ, २ लाख लैजाऊ

भारतेको जनसंख्या डेढ अर्ब नाघिसम्यो । तर, हिन्दुवादी संगठन शिवसेनाले भने पाँच बच्चा जँमाउने परिवारलाई २ लाख दिने अफर अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment