Comments Add Comment

गच्छदारले बनाए नयाँ मधेसी मोर्चा, तीन दललाई १९ गतेसम्मको अन्टिमेटम

Bijay Gachhadar

१६ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मधेश आन्दोलनका लागि नयाँ मोर्चाको घोषणा गरेका छन् ।

शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सद्भावना पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिकलाई मिलाएर गच्छदारले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन् ।

गच्छदार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक थिए । तर, तीन दलसँग मिलेर १६ बुँदे सहमति गरेपछि गच्छदार मोर्चाबाट निस्कासनमा गरे ।

नयाँ मोर्चा घोषणासँगै मधेसमा चार मोर्चा भएको छ । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो लगायतको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा छ भने अनिल झासहितको संघीय मधेसी मोर्चा छ । यस्तै भाग्यनाथ गुप्ता लगायतको अर्को मोर्चा पनि छ ।

तीन दललाई १९ गतेसम्मको अन्टिमेटम

पार्टी संसदीय दलको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गच्छदार प्रमुख तीन दललाई १९ गतेसम्मको अल्टिमेटम दिएका छन् । भदौ १९ संविधानको विधेयकमा संशोधन दर्ताको अन्तिम मिति हो ।

गच्छदारले १९ गतेसम्म आफ्नो माग सुनावाइ नभए संविधानसभा छाड्ने चेतावनी दिए । उनले कांग्रेस, एमाले र एमाओवादीलाई कुनै हालतमा ८ प्रदेशको संरचना स्वीकार गर्न बाध्य पर्ने समते बताएका छन् ।

फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले मधेस आन्दोलनलाई उचाईमा पुर्‍याउन मोर्चा घोषणा गरिएको बताए । उनले संविधानसभाले अन्तरिम संविधानको भावना विपरित गएमा र संघीय प्रदेशको सिमांकन नसच्याएमा संविधानसभाको प्रक्रियामा नरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment