Comments Add Comment

नाटकीय जितसँगै म्यानचेस्टर सिटी सेमिफाइनल प्रवेश

३ चैत, काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको छैटौं राउण्डको खेलमा स्वान्सी सिटीलाई ३-२ गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो । म्यानचेस्टर सिटीले नाटकीय प्रदर्शन गर्दै जित हात पार्‍यो ।

सुरुवाती समयमै दुई गोलले पछि परेको म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनगरागमन गर्दै तीन गोल गर्न सफल भयो । म्यानचेस्टर सिटीका लागि बेर्नान्डो सिल्भा र सर्जियो अग्युएरोले गोल गरे । एक गोल भने स्वान्सी सिटीका खेलाडीले आत्मघाती गरेपछि उपाहार स्वरुप पाएको थियो । स्वान्सी सिटीका लागि भने मट गि्रमेस र बेरसान्ट सेलिनाले गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा गि्रमेसले पेनाल्टीबाट गोल गर्दै स्वान्सीलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा स्वान्सीका लागि सेलिनाले गोल गर्दै दोब्बर अग्रता दिलाए ।

पहिलो हाफमा २-० गोलले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो । ६९औं मिनेटमा सिल्भाले गोल गर्दै २-१ को स्थितिमा ल्याए । ७८औं मिनेटमा स्वान्सीका खेलाडीले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेपछि म्यानचेस्टर सिटीले २-० गोलको बराबरी बनाएको थियो ।

८८ औं मिनेटमा सर्जियो अग्युएरोले निर्णायक गोल गर्दै म्यानचेस्टर सिटीलाई ३-२ गोलको जित दिलाउँदै सेमिफाइनलमा पुर्‍याए ।

म्यानचेस्टर युनाइटेडलाई हराउँदै वोल्भस २१ वर्षपछि सेमिफाइनलमा

त्यस्तै, एफए कपकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै वोल्भस २१ वर्षपछि एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वोल्भसले युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

वाटफोर्डले पनि क्रिष्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment