Comments Add Comment

सिड्नीमा नेपाली डिजाइनरको पहिरन, श्रृष्टी श्रेष्ठ र्‍याम्पमा

shristhi-biswo-in-sydney
अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको ‘फेसमान्डु’मा नेपाली तथा विदेशी मोडलहरु र्‍याम्पमा उत्रिएका छन् । नेपाली फेसन डिजाइनर विश्व गौतमले तयार पारेका फेसन कलेक्शनमा मोडलहरु देखिएका थिए ।

उक्त फेसन शोमा ‘मिस नेपाल २०१२’ श्रृष्टी श्रेष्ठ, ‘मिस टिन ग्लोबल इन्टरनेसनल २०१५’ सोनी टर्नर, ‘मिस अष्ट्रेलिया बेस्ट मोडल २०१४’ लुइस ब्रोङ सो स्टपर थिए । डिजाइनर गौतमले नेपाली संकृती र कला झल्कने पहिरन विश्वसामु देखाउन पाउँदा आफू अत्यन्त खुशी भएको प्रतिक्रिया दिए । फेसन शोमा १४ देशमा २० मोडल सहभागी थिए ।
fashion-show
गैह्र आवसिय नेपालका अध्यक्ष शेष घले प्रमुख अतिथी रहेको फेसमान्डुबाट संकलित रकम भुकम्प पीडित एवं अनाथ बालबालिकाको सहयोगार्थ क्रियाशील रहेको जीवन उत्थान अष्ट्रेलियालाई प्रदान गरिनेछ । फेसन शोमा विश्वसँगै जय हो इनस्टाइल, क्यात्रे मारी, अमित बरालले तयार पारेका डिजाइनमा अष्ट्रेलिया, अफि्रका, कोरिया, फिलिपिन्सका मोडल र्‍याम्पमा देखिएका थिए । fashion-show-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment